काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिमा हालै पहिलो पटक मनोनित भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरुलाई नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश र प्रदेश सभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ।
आफ्नो निर्वाचन क्षेत्रमा राम्रो प्रभाव रहेका उनीहरुलाई प्रत्यक्षमा निर्वाचन लड्ने अवसरबाट रोकिने छैन। तर समानुपातिक सूचीबाट प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ।
कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनित भएका थिए। किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्या मनोनित गरिएको थियो।
त्यस्तै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रीय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।