काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पश्चगामी शक्तिहरू सलबलाउन थालेको बताएका छन्।
जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न उनीहरू सलबलाउन थालेको भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
तर, दल र नेता खराब भए भन्दैमा इतिहासले मिल्काइसकेको संस्था/व्यक्ति फर्काउने गल्ती गर्न नहुने उनको भनाइ छ।
‘जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ, यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरुरी छ’, भट्टराईले लेखेका छन्, ‘दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने/बनाउने हो तर इतिहासले मिल्काइसकेका संस्था/व्यक्ति फर्काउने हैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।