काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुविकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका छन्।
मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरुजति आगामी चुनावमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।
मुलुक कुशासनको दलदलमा भासिएको, भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै थापाले राष्ट्रवादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे।
पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानेभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भइरहेको थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।