• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
#२०४८ देखिका सांसद

५ पटकका प्रधानमन्त्री र ६ पटकका सांसद देउवा, जसले २०४८ सालमा ७१ प्रतिशत मतसहित जितेका थिए

64x64
राजनीतिक ब्यूरो शनिबार, असोज २९, २०७९  १९:५५
1140x725

काठमाडौं- राजनीतिको खुड्किलो निरन्तर उक्लिनेमा पर्छन्, शेरबहादुर देउवा। २०१७ सालमा राजा महेन्द्रले गरेको 'कु'पछि राजनीतिमा सक्रिय भएका देउवा २०२८ मा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको प्रथम सभापति बनेका थिए। २०४८ पछिका निर्वाचनमा उनी निरन्तर निर्वाचित हुँदै आएका छन्।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए। उनी २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी भएका थिए।

देउवाको गृहजिल्ला डडेलधुरामा २०४८ सालदेखि एउटा मात्रै निर्वाचन क्षेत्र रहँदै आएको छ। त्यतिबेला डडेलधुरामा कुल मतदाता ७५ हजार ७८ थिए। तर निर्वाचनमा खसेको सदर मत भने ३४ हजार ७७८ मात्रै थियो। सदर मतको ७०.६५ प्रतिशत मत पाएर देउवाले सानदार ढंगले संसद् यात्रा निश्चित गरेका थिए। त्यतिबेला उनले २४ हजार ५७० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर कलौनीले ६ हजार ६२८ मत मात्रै पाएका थिए। राप्रपा (चन्द)का गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा डडेलधुरामा कुल मतदाता ७८ हजार ५८३ पुगेका थिए। जसमध्ये ३३ हजार ५२३ सदर मत खसेको थियो। त्यतिबेला देउवाको मत र मत प्रतिशतमा कमी आएको थियो। देउवाले २० हजार ७०१ मत अर्थात् ६१.७५ प्रतिशत मात्रै मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु)ले  हजार ९६६ मत पाएका थिए। अर्का उम्मेदवार राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाएका थिए।

२०५६ को आम निर्वाचनमा देउवाको मत थप बढेको देखिन्छ। कुल मतदाता ७५ हजार ९३८ रहेको र सदर मत ४४ हजार २९३ खसेको डडेलधुरामा देउवाले ६४. ६८ प्रतिशत मत पाएका थिए। उनले २८ हजार ६५१ मतसहित जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरी दत्त चटौतले ७ हजार ८४० र राप्रपा चन्दका गणेशप्रसाद भट्टले ४ हजार ८९३ मत पाएका थिए।

२०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा डडेलधुरामा देउवा तुलनात्मक रुपमा कमजोर देखिएका थिए। उनले निकटतम प्रतिस्पर्धीसँग १ हजार ३६८ मतान्तरले मात्रै जित निकालेका थिए। डडेलधुरामा त्यतिबेला मतदाताको संख्या १ लाख ४०७ पुगेका थियो। जसमध्ये सदर मत ५१ हजार ८६८ थियो। देउवाले  २० हजार ५२९ मत मात्रै पाएका थिए। त्यो सदर मतको ३९. ५८ प्रतिशत थियो। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए। एमालेका विक्रम बहादुर शाहीले भने ७ हजार ९८२ मत मात्रै पाए।

सो निर्वाचनमा उनी कञ्चनपुर- ४ बाट पनि उम्मेदवार भएका थिए। त्यहाँ उनले सदर मतको ३६.५६ प्रतिशत मत पाएर जितेका थिए। 

२०७० मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा डडेलधुरामा देउवाले आफ्नो मत प्रतिशत बढाएका थिए। उनले सदर मतको ५०.५३ प्रतिशत मत पाएका थिए। त्यतिबेला देउवाले २३ हजार ९२० मत पाउँदा निकटतम प्रतिस्पर्धी एनेकपा माओवादीका खगराज भट्टराईले १२ हजार ४९३ मत मात्रै पाएका थिए। तेस्रा भएका एमालेका ताराप्रसाद जोशीले ‍७ हजार १९० मत पाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७० को निर्वाचनमा उनी कैलाली ६ बाट पनि उम्मेदवार भएका थिए। जहाँ उनले १६ हजार ४८९ मत पाएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका महेश्वर पाठकले ८ हजार ५६३ पाएका थिए। त्यस्तै, एनेकपा माओवादीकी लिलाकुमारी भण्डारीले ४ हजार ७६४ मत पाएकी थिइन्।

२०७४ मा वाम गठबन्धन हुँदा र जतातै कांग्रेसले पराजय बेहोर्दा पनि देउवा भने विजयी भए। मत प्रतिशत पनि बढाएका थिए। ५१ हजार १२७ सदर मतमध्ये देउवाले २८ हजार ४४६ अर्थात् ५५.६४ प्रतिशत मत पाएका थिए। तेस्रो पटक प्रतिस्पर्धी बनेका माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत मात्रै पाए। तेस्रो बनेका राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७ मत मात्रै पाए।

रोचक त के छ भने, २०६४ को निर्वाचनपछि मात्रै उनले सत्ताको स्वाद लिन पाएनन्। नत्र, बाँकी सबै चुनावले उनलाई मन्त्री वा प्रधानमन्त्रीको रुपमा सत्ताको अंश बनाएको छ। २०४८ मा सांसद् बनेपछि उनी गृहमन्त्री भएका थिए। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई ढालेर २०५२ सालमा आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्। आफ्नो शासकीय क्षमताका कारण आलोचना खेपिरहने भएता पनि प्रधानमन्त्रीको कुर्सी बेलाबखत देउवाकै निवासतिर धाइरहने अनौठो संयोग नेपाली राजनीतिमा छ।

सार्वजनिक रुपमै आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको भन्दै देउवाले आफ्नो लक्ष्य निर्धारित गरिसकेका छन्। त्यसैले आगामी निर्वाचनपछि पनि उनी प्रधानमन्त्री बन्ने तयारीमा छन्। त्यसका लागि नै उनले पार्टीभित्रको दबाबलाई बेवास्ता गर्दै गठबन्धनलाई बलियो बनाउने उद्देश्य राखेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]

यस शृंखलाका अन्य सामग्रीहरु पढ्नुहोस्- https://nepallive.com/news-list/tags/1994

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १९:५५
  • #२०४८ देखिका सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्