काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई दिएकी छिन्।
शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी लुम्बिनीका प्रमुख शेरचनलाई दिएको जानकारी दिएको छ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियार असोज १९ र २० गते क्यानडाको ओटावामा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएकाले परियार नफर्किँदासम्मका लागि शेरचनलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शेरचनलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षरित वज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।