काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसभित्र सुदृढिकरण गर्नुपर्ने बेला आएको बताएका हुन्।
‘आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ। आफ्नै पार्टीलाई ठीक ठाउँमा पुर्याउनुपर्ने बेला आएको छ। नभए पार्टी सत्ताको हतियार हुने भयो’, उनले भने, ‘केका लागि पार्टी बनाएको? भन्दा– जनमत। केका लागि गठबन्धन बनाएको? भन्दा– चुनाव जित्नका लागि। हाम्रो पार्टी मात्र होइन। नेपाली कांग्रेस गठबन्धनमा छ। नेकपा एमाले पनि गठबन्धनमा छ। अस्तिसम्म एमालेमुक्त गर्ने भनेर भाषण गर्दै हुनुहुन्थ्यो। हिजो एमालेमा प्रवेश गर्नुभयो। अस्तिसम्म जसपा क्षेत्रीय पार्टी भन्दै हुनुहुन्थ्यो, हिजो जसपामा प्रवेश गर्नुभयो।’
उनले कांग्रेसभित्र समेत ठूलो असन्तुष्टि रहेको भन्दै समानता, सन्तुलन र न्याय भएन भन्ने अवस्था बनेको आएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।