काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन्।
बिहीबार ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताए।
देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मंसिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।