काठमाडौं– सबै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक सुरु भएको हो।
बैठकले प्रत्यक्षबाट पार्टीका उम्मेदवारको नाम फाइनल गर्ने बुझिएको छ। ५६ निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिए पनि बाँकीमा धेरै जना आकांक्षी देखिएका छन्।
एमालेले उम्मेदवारका लागि यसअघि नै पाँचवटा मापदण्ड तय गरेको छ। मापदण्डमा पहिलो नम्बरमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता रहेको छ। दोस्रो पार्टी आन्दोलन र निष्ठा रहेको छ।
उम्मेदवारका लागि आकांक्षीको लोकप्रियता र विजयको सुनिश्चितता भने तेस्रो नम्बरमा राखिएको छ। चौथो नम्बरमा समावेशीता रहेको छ भने पाँचौंमा संविधानमा उल्लेख प्रावधान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।