काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको मधेश प्रदेश समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश स्तरमा पनि घोषणापत्र तयारी समिति गठन गरेको छ।
कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टको विधानअनुसार मधेश प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई निर्वाचनको घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन्।
श्रेष्ठको संयोजकत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरिएको कांग्रेस मधेश प्रदेशका प्रचार–प्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।