काठमाडौं– विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रसँगै बागमती प्रदेशकी पूर्व सांसद शोभा शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्। बुधबार मिश्रसँगै उनी पनि राप्रपामा समाहित भएकी हुन्।
आफू राप्रपाको विचारसँग नजिक रहेको उल्लेख गर्दै शाक्यले देश र पार्टी दुवै बनाउने अभिभारा आफूमा आइपुगेको बताइन्। आफूले बागमती प्रदेशमा रहँदा देशका लागि गर्न सक्ने जति काम गर्ने प्रयास गरेको उनले बताइन्।
अल्पमतमा हुँदा काम गर्न नसकिने अनुभव भएको बताउँदै पार्टी बलियो बनाउनुपर्ने उनले बताइन्। मिश्र समूह संवैधानिक राजतन्त्रको पुन:स्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएर राप्रपा प्रवेश गरेको हो।
विश्वासिलो र बलियो ‘सम्बर्द्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यकता रहेको बताउँदै उनीहरुले राप्रपाबाट त्यो अभियान पूरा हुने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।