काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको पुनर्स्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएका छन्। बुधबार एकता घोषणा कार्यक्रममा एक सम्झौतामा हस्ताक्षर गर्दै उनीहरुले यी दुई मुद्दामा सहमत रहेको बताएका हुन्।

विश्वासिलो र बलियो ‘सम्बर्द्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको उनीहरुले जनाएका छन्। पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका हुन्।

मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष रहने पनि सोही सम्झौतामा उल्लेख छ। शंखघन्टको ध्वनीसहित एकता पत्रमा हस्ताक्षर गरेका लिङ्देन र मिश्रले एकअर्कालाई माला लगाइदिएर सँगै अघि बढ्ने पक्का गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।