काठमाडौं– मंगलबार साँझ दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। बलियो मानिएको बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो। नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेका छन्।
उनी मोस्ट भ्यालुएबल प्लेयर पनि घोषित भएका छन्। यस्तै नेपालविरुद्ध बंगलादेशका सजाद होसेनले एक गोल फर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।