• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा
64x64
नेपाल लाइभ सोमबार, असोज १०, २०७९  २१:०६
1140x725

काठमाडौं- रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्। उनले सोमबार पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई राजीनामा दिएका हुन्।

मिश्र तत्कालीन साझा पार्टी (पछि विवेकशील साझा पार्टी)का संस्थापक अध्यक्ष हुन्। गत स्थानीय तहको निर्वाचनमा पार्टीले खराब प्रदर्शन गरेपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए।

मिश्र राप्रपा प्रवेश गर्ने अन्तिम तयारीमा छन्। त्यसका लागि अन्तिम सहमति भइसकेको बताइएको छ।

यस्तो छ मिश्रको राजीनामा पत्र:

समिक्षा बास्कोटा
अध्यक्ष, विवेकशील साझा पार्टी
केन्द्रीय कार्यालय, वखुण्डोल

विषय: पार्टीको साधारण सदस्यबाट राजीनामा

आदरणीय अध्यक्षज्यू,
झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।

यो मेरालागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन। राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।

Ncell 2
Ncell 2

नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ। ‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ।  तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने छ, जो राजनीतिक-सामाजिक रूपमा नरम संवर्द्धनवादी र अर्थ-राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ। अर्थात् त्यसले तुलनात्मकरूपमा उदार अर्थतन्त्रभित्र नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगिकार गर्नेछ। यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम संवर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।

जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्यौल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। वैचारिकरूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउनको लागि सकेको भूमिका निर्वाह गरेको हुँ। म मा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईँहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।

साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निश्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ। म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ। मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु। परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ।

यसै अवसरमा, विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम संवर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु।

रवीन्द्र मिश्र
सदस्य/निवर्तमान अध्यक्ष, विवेकशील साझा पार्टी
मिति: १० असोज २०७९

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकियो, आजै आदेश आउने
पतञ्जलिको निर्णय नीतिगत रहेकाले अख्तियारको क्षेत्राधिकारमा नपर्ने माधव नेपालको बयान
विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा
सम्बन्धित सामग्री
माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकियो, आजै आदेश आउने नेपालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए । केहीबेरमा थुनछेक आदेश आउने विशेष अदालत स्रोतले जनाएको छ । नेपालसँग बयान आजै बयान लिइएको... बुधबार, असार ११, २०८२
पतञ्जलिको निर्णय नीतिगत रहेकाले अख्तियारको क्षेत्राधिकारमा नपर्ने माधव नेपालको बयान विशेष अदालतमा बुधबार भएको बयानका क्रममा उनले यस्तो जिकिर गरेका हुन् । साथै, उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिक... बुधबार, असार ११, २०८२
एमाले सचिवालय बैठक जारी पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक भइरहेको छ। बुधबार, असार ११, २०८२
ताजा समाचारसबै
माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकियो, आजै आदेश आउने बुधबार, असार ११, २०८२
पतञ्जलिको निर्णय नीतिगत रहेकाले अख्तियारको क्षेत्राधिकारमा नपर्ने माधव नेपालको बयान बुधबार, असार ११, २०८२
विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा बुधबार, असार ११, २०८२
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
सेयर बजार ०.३३ अंकले घट्यो बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्