• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ३१, २०८२ Tue, Jul 15, 2025 २१ : ४३ : ३८
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
निर्वाचन खर्च विवरण नबुझाउनेलाई एकपटक मौका दिन गाउँपालिका महासंघको आग्रह 
64x64
नेपाल लाइभ सोमबार, असोज १०, २०७९  १६:११
1140x725

काठमाडौं– गाउँपालिका महासंघले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाललाई भेटेर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारमाथि थालिएको कारबाहीप्रति ध्यानाकर्षण गराएको छ।

सोमबार महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङसहितको टोलीले  आयोगको ध्यानाकर्षण गराएको हो।  भेटपछि गाउँपालिका महासंघले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा खुकुलो बनाउन माग गरे। 

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगले विद्धमान कानुनलाई कार्यान्वयन मात्र गरेको बताए। उनले तीनवटा विकल्पबाट मात्र यो समस्या समाधान हुने जानकारी पनि भेटमा गराएको विज्ञप्तिमा उल्लेख छ।

कारबाही सच्याउनका लागि निर्वाचन ऐन २०७३ लाई तत्काल अध्यादेश ल्याएर संशोधन गर्ने, राष्ट्रपतिले नेपाल सरकारको सिफारिसमा जरिवाना मिनाहा गर्ने र हाललाई जरिवाना कसैले पनि नबुझाउने र निर्वाचन पश्चातको संसद्‌बाट कानुन संशोधनको लागि पैरवी गर्ने विकल्प रहेको उनले सुझाव दिएका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सूचना जारी गरेपछि महासंघले निर्वाचन आयोगसँग छलफल गरेको हो।

‘विधिको शासन र कानुनको परिपालना सबैले गर्नुपर्दछ। यसमा कुनै प्रश्न खडा हुन सक्दैन। कानुनको अज्ञानता क्षम्य पनि हुँदैन,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘तर, कानुनको व्यवहारिक कार्यान्वयन र परिपालना गर्ने सन्दर्भमा कानुनमा उल्लेख भएका प्रावधानअनुसार कहिलेकाहिँ व्यवहारिक र परिस्थितिजन्य समस्या उत्पन्न हुन जान्छ र कानुन कार्यान्वयन तथा परिपालना दुवैमा समस्या उत्पन्न हुन्छ।’

भूलवश कानुन पालनामा त्रुटि भए सच्चिने मौका दिने न्यायको सिद्धान्तभित्रै पर्ने भन्दै स्थानीय तहमा कतिपय उम्मेदवारलाई खर्च विवरण नबुझाए कारबाही हुने कुरा जानकारी नै नभएकाले पनि समस्या भएको गाउँपालिका महासंघका प्रतिनिधिले बताएका छन्। 

स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई कारबाही गर्ने आयोगले यसअघि सूचना जारी गरेको थियो।

Ncell 2
Ncell 2

परिस्थितिजन्य समस्याको समाधान गर्न एकपटकको लागि पुनर्विचार गरी विभिन्न कारणले निर्वाचन खर्चको विवरण नबुझाएका र बुझाउन नसकेका उम्मेदवारलाई खर्चको विवरण पेस गर्न पुनः केही दिन समय दिन उनीहरुले माग गरेका थिए।

उनीहरुको जवाफमा प्रमुख आयुक्त थपलियाले कानुन व्यवस्था संशोधन हुनुपर्ने उल्लेख गरेका थिए। महासंघले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि दिएको छ। 

त्यस्तै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि बोधार्थ दिइएको छ।

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक, घूस प्रकरणमा जोडिएका मन्त्री गुप्ता पनि सहभागी
सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
सम्बन्धित सामग्री
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक, घूस प्रकरणमा जोडिएका मन्त्री गुप्ता पनि सहभागी बैठकमा बिचौलियासँग घूसको संवाद गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । उनलाई प्रधानमन्त्री ओल... सोमबार, असार ३०, २०८२
प्रधानमन्त्रीज्यू, घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्नूस् : गगन थापा 'गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो यसबारेमा टिप्... सोमबार, असार ३०, २०८२
प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ– प्यारापिट र फ्लडलाइटको काम हेर्न कीर्तिपुर जानुस् सोमबार संसदमा विशेष सम्बोधन गर्नेक्रममा प्रचण्डले कीर्तिपुर मैदानको फ्लडलाइट र प्यारापिटबारे प्रश्न गरेका थिए । सोमबार, असार ३०, २०८२
ताजा समाचारसबै
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन सोमबार, असार ३०, २०८२
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक, घूस प्रकरणमा जोडिएका मन्त्री गुप्ता पनि सहभागी सोमबार, असार ३०, २०८२
सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु सोमबार, असार ३०, २०८२
प्रधानमन्त्रीज्यू, घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्नूस् : गगन थापा सोमबार, असार ३०, २०८२
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवालका साझेदार चेङवाङ पनि पक्राउ सोमबार, असार ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नगर सभा १७‌ औ अधिवेशन || २०८२ असार २९ गते, आइतवार || राष्ट्रिय सभागृह, काठमाडौँ(भिडियो)
नगर सभा १७‌ औ अधिवेशन || २०८२ असार २९ गते, आइतवार || राष्ट्रिय सभागृह, काठमाडौँ(भिडियो) सोमबार, असार ३०, २०८२
आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै(भिडियो)
आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै(भिडियो) सोमबार, असार ३०, २०८२
राप्रपा नेतृत्वमा असन्तुष्टि समूह हारगुहार गर्दै आयोगमा(भिडियो)
राप्रपा नेतृत्वमा असन्तुष्टि समूह हारगुहार गर्दै आयोगमा(भिडियो) सोमबार, असार ३०, २०८२
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने(भिडियो)
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने(भिडियो) सोमबार, असार ३०, २०८२
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुनर्निर्माण सुरु गरिने(भिडियो)
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुनर्निर्माण सुरु गरिने(भिडियो) सोमबार, असार ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेख हसिनाको छोरीलाई डब्ल्यूएचओले गर्‍यो कारबाही सोमबार, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने आइतबार, असार २९, २०८२
बंगलादेशविरुद्ध नेपाल पराजित आइतबार, असार २९, २०८२
११०० रुपैयाँले बढ्याे सुनकाे मूल्य आइतबार, असार २९, २०८२
सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु सोमबार, असार ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्