• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कामु प्रधानन्यायाधीशका रुपमा कार्कीका ७ महिना: ‘सोचेको जति गर्न सकिएन, थालनी भने गरेको छु’

64x64
नेपाल लाइभ सोमबार, असोज १०, २०७९  १२:३०
1140x725

काठमाडौं– न्यायपालिका सुधारका लागि भन्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएनको नेतृत्वमा कानुन व्यवसायीको आन्दोलन चलिरहेका बेला २०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भयो। 

प्रधानन्यायाधीशको रुपमा ९ महिनाको कार्यकाल बाँकी रहँदै राणा निलम्बनमा परे। त्यसपछि न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको ‘काँध’मा आइपुग्यो। 

रोलक्रमअनुसार वरिष्ठ न्यायाधीशकै रुपमा अवकाश पाउने कार्कीले संयोगले उक्त जिम्मेबारी पाएका थिए। ‘भाग्यवस’ कामु प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएका कार्कीले आफ्नो कार्यकाल केही बाँकी रहँदै आइतबार बिदा लिएका छन्। 

सर्वोच्च अदालतमा दशैं बिदा सुरु हुनुभन्दा अघिल्लो दिन आइतबार कार्कीको बिदाइ गरिएको छ। कार्कीले अर्का वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीलाई जिम्मेवारी हस्तान्तरण गर्दै बिदा लिएका छन्। कार्कीले असोज १५ गते अवकाश पाउँदैछन्। 

अब न्यायपालिकाको नेतृत्व कामु प्रधानन्यायाधीशकै रुपमा हरिकृष्ण कार्कीले सम्हाल्नेछन्। 

कामु प्रधानन्यायाधीशको रुपमा ७ महिना न्यायपालिकाको नेतृत्व सम्हालेर बिदा हुन लागेका कार्कीले नेपाल लाइसँगको कुराकानीमा न्यायालयमा केही सुधारको प्रयास गरेको भन्दै सन्तुष्टि व्यक्त गरे। आफूले चाहे र सोचेअनुसार गर्न नसकेपनि केही सुधारको प्रयास भने गरेको उनको दाबी छ। आफूले थालेका सुधारका कामहरुले निरन्तरता पाओस् भन्ने पनि उनको चाहना छ। 

राणाविरुद्धको महाभियोग टुङ्गोमा नपुग्दा कार्कीले प्रधानन्यायाधीश हुन पाएनन्। तर, ७ महिनाको यो अवधिमा कार्कीले केही उल्लेख्य सुधारको प्रयास गरेका सहकर्मी न्यायाधीशकै टिप्पणी छ। 

राणाको समयमा भद्रगोल बनेको न्यायालयलाई व्यवस्थित बनाउने कार्यमा कार्कीको कार्यकालमा धेरै नभए पनि सुधारको थालनी भएको कानुन व्यवसायीहरुको पनि तर्क छ। 

Ncell 2
Ncell 2

सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीका नजरमा पनि कार्कीको कार्यकाल सकारात्मक कामको थालनीमा बितेको छ। ‘उहाँ (कार्की)को कार्यकाल चुनौतीपूर्ण नै थियो। तर उहाँले आफूलाई सुधारको सुरुवातकर्ताको रुपमा उभ्याउनुभयो,’ पूर्व न्यायाधीश केसी भन्छन्। 

न्यायाधीश नियुक्ति, पुराना मुद्दाहरुको व्यवस्थापन, अदालतभित्र बिचौलियाको प्रवेश रोक्ने र  सर्वोच्च अदालतको भवन निर्माणको अनियमिततामा छानबिन हुनुपर्छ भनेर उनले राखेको अडान प्रशंसायोग्य रहेको सहकर्मी न्यायाधीशको टिप्पणी छ। सर्वोच्चको भवन निर्माणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको चिठिमा आफूहरुको फरक मत भएपनि तुलनात्मक रुपमा कार्कीको कार्यकाल शुरुवात भएको एक न्यायाधीशले बताए। 

न्याय परिषद्ले जसरी काम गर्नुपर्ने थियो सोअनुसारको थालनी, पुराना मुद्दाहरुको फर्स्यौटलाई अभियानकै रुपमा सुरु गर्नु र गोलाप्रथाबाट पेसी तोक्ने प्रणालीलाई विस्तृत बनाउनु कार्कीको कार्यकालको उपलब्धि भएको ती न्यायाधीशको टिप्पणी छ। 

न्याय परिषद्‌को सक्रियता 
कार्कीको कार्यकालमा सबैभन्दा धेरै चर्चा भएको विषय हो न्याय परिषद्‌को काम। न्यायाधीशको नियुक्ति र कारबाही गर्ने जिम्मेवारी पाएको यो निकाय यसअघि चोख्याउने ठाउँ मात्रै भएको भनेर आलोचना हुने गरेको थियो। तर कार्कीले आफ्नो कार्यकालमा परिषद्को कामलाई देखिने बनाए। न्याय परिषद्‌मा वर्षौंदेखि थन्केका उजुरीहरुमा सक्रियतापूर्वक छानबिन गराएर कार्कीले केही न्यायाधीशलाई काराबाही गरेर बर्खास्त गरे भने केहीमाथि छानबिन समिति गठन गरे। कार्कीकै नेतृत्वमा परिषद्‌ले न्यायाधीशहरु राकेशकुमार निधि, अनिलकुमार शर्मा, रेणुका साह, नसरुल्लाह अन्सारी, लोकजङ्ग शाह  र श्यामसुन्दर अधिकारीलाई छानबिनपछि वर्खास्त गर्‍यो। 

त्यस्तै, विवादास्पद फैसला, गतिविधि गरेको आरोपमा न्यायाधीशहरु नवराज थपलिया, सूर्यप्रसाद अधिकारी, अम्विकाप्रसाद निरौला, बद्रीप्रसाद ओली  र राजकुमार कोइरालामाथि छानबिन भयो। उनीहरुमाथिको छानबिन प्रतिवेदन न्याय परिषद्‌मा रहेको छ। त्यस्तै, जिल्ला र उच्च अदालतको न्यायाधीशका लागि मापदण्ड निर्माण गरियो। जिल्ला अदालतमा पहिलोपटक ‘विवादरहित’ रुपमा न्यायाधीशहरुको नियुक्ति सिफारिस भयो भने उच्च अदालतको प्रक्रियामा रहेको छ।  

गोला प्रणालीको सुरुवात 
कामु प्रधानन्यायाधीश कार्कीको पालामा सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरूमा गोला प्रणालीको सुरुवात हुनु सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको थियो। उक्त विषयमा उनका सहकर्मी न्यायाधीशले पनि कार्कीको प्रशंसा गरेका छन्। 

‘गोला प्रणालीको सुरुवात भएको छ, न्यायपालिकाको इतिहासमै त्यो सर्वाधिक महत्वपूर्ण निर्णय र विषय हो ’ सर्वोच्चका एक न्यायाधीशले भने, ‘यसलाई आगामी दिनमा अझै विश्वस्नीय बनाएर लैजानुपर्छ।’ 

मुद्दा फर्स्यौटमा तीव्रता
कामु प्रधानन्यायाधीश कार्कीको कार्यकालमा पुराना मुद्दा छिटो टुङ्गाउन अभियान नै सञ्चालन भयो। त्यसले केही सकारात्मक नजिता ल्याएको सर्वोच्चका न्यायाधीशहरुको स्वीकार गरेका छन्। 

‘मैले कामुको जिम्मेवारी सम्हाल्दा मुद्दा छिन्नेक्रम ८ प्रतिशतभन्दा कम थियो। गत आर्थिक वर्षको अन्त्य सम्ममा १९ दशमलव ०२ प्रतिशत भएको छ,’ उनले भने, ‘यो भनेको उत्साहजनक प्रगति हो।’ 

सर्वोच्चको भवनमा सकिनँ,  केही सुरुवात गरेको छु: कार्की
कार्कीले सर्वोच्च अदालतको भवन निर्माणको अनियमितता छानबिन गर्ने कोसिस गरेपनि आफूले नसकेको बताए। पछि आउने नेतृत्वले यसमा काम गर्नुपर्ने उनको भनाइ छ। 

भवन निर्माणमा सार्वजनिक प्रश्न उठेकाले आलोचना भएपनि वा जे भएपनि आफूले राम्रैका लागि केही गर्न खोजेको बताए। आफू प्रधान न्यायाधीश नै नभए पनि कामुको रुपमा जे सक्ने हो त्यति गरेको कार्कीको भनाइ छ। भ्रष्टाचार र न्याय परिषद्‌बाट हुने छानबिनदेखि मुद्दा फर्स्यौट सम्मका धेरै कामको सुरुवात गरेको र आगामी दिनमा त्यो निरन्तर होस् भन्ने अपेक्षा रहेको बताए। उनले सबै सहकर्मी न्यायाधीशहरुले आफूलाई साथ दिएकाले यो सम्भव भएको पनि बताए। उनले सबै सहकर्मीहरुले हौसला र साथ दिँदा न्यायलयका लामो समय हुने र प्रधानन्यायाधीशको जिम्मेबार हुने हो भने धेरै सुधार गर्न सकिने महसुस गरेको बताए।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ मंगलबार, फागुन १९, २०८२
मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय मंगलबार, फागुन १९, २०८२
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश मंगलबार, फागुन १९, २०८२
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्