काठमाडौं– विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञको रुपमा काम गर्दै आएका उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
कार्यालयले सो पदका लागि आवेदन मागेको थियो। त्यसमा विष्टसहित तीन जनाले आवेदन दिएका थिए।
विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश–२०७९ अनुसार आयोगको अध्यक्षमा प्रधानमन्त्री हुने व्यवस्था छ।
मुख्य सचिव, सञ्चार तथा सूचना प्रविधिमन्त्री आयोगको सहअध्यक्ष हुन्छन्। त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सञ्चार तथा सूचना प्रविधि सचिव सदस्य हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।