काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्षता गरेको संघीय संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्राचार गरेका छन्।
गत असोज ५ गते दिउँसो १ बजे बसेको बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन तिमिल्सिनाको सचिवालयका तर्फबाट संसद् सचिवालयका महासचिवलाई पत्र पठाइएको हो।
‘... बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकोले सोही बमोजिम गर्नु गराउन हुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
यसअघि तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र पठाएर सभामुख लगायतका पदाधिकारीको कार्यावधिबारे चासो राखेका थिए। आयोगले भने कार्यावधि आफूले निश्चित नगर्ने जवाफ पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।