पोखरा–आगामी मंसिर ४ गते हुने हुने प्रतिनिधि सभा निर्वाचनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिले प्रदेशका १८ क्षेत्रका लागि केन्द्रमा उम्मेदवार सिफारिस गरेको छ।
स्वतन्त्र पार्टी प्रदेश समितिले गण्डकीका १८ निर्वाचन क्षेत्रबाट २३ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरी केन्द्रमा पठाएको स्वतन्त्र पार्टी प्रदेश सभापति डा ढाकाकुमार श्रेष्ठले जानकारी दिए।
१४ वटा क्षेत्रमा १÷१ जनाको नाम पठाउँदा ४ क्षेत्रमा भने १ भन्दा बढीको नाम पठाइएको छ। ११ वटै जिल्लाबाट प्राप्त नामावली केन्द्रमा पठाइएको प्रदेश सभापति श्रेष्ठले बताए।
प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारका लागि मुस्ताङबाट सुदेश गुरुङ, मनाङबाट मुखिया गुरुङ, लमजुङबाट धर्म केसी, म्याग्दीबाट हरि केसी, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा शेषरमण न्यौपाने र तनहुँ २ बाट विजय जोशी सिफारिस भएका छन्।
यस्तै स्याङ्जा १ बाट बोधराज रेग्मी, स्याङ्जा २ बाट टीकाराज गुरुङ, बागलुङ १ बाट इन्जिनियर खिमानन्द कँडेल, बागलुङ २ बाट तिला खत्री, पर्वतबाट जलबहादुर पुर्जा पुन र सन्तोष रेग्मी, नवलपुर १ बाट ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल र नवलपुर २ बाट शालिकराम न्यौपाने सिफारिस भएका छन्।
यसैगरी गोरखा १ बाट सुवर्ण रोकाहा, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी र बाबुराम मरहठ्ठा, कास्की १ बाट राजु राई र कमल लामिछाने, कास्की २ बाट माधवप्रसाद कँडेल, कास्की ३ बाट योगराज पौडेल सिफारिस भएका छन्।
४ वटा निर्वाचन क्षेत्रमा सहमति हुन नसकेका कारण पार्टीको विधानअनुसार आन्तरिक प्रारम्भिक निर्वाचनबाट छनोट गरी उम्मेदवार सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।