काठमाडौं- राष्ट्रिय सभाका अध्यक्षले प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरुको कार्यावधि सम्बन्धमा निर्वाचन आयोगलाई पत्र पठाएर जिज्ञासा राखेका छन्। अध्यक्ष गणेप्रसाद तिमिल्सिनाको सचिवालयको तर्फबाट असोज ६ गते पत्र पठाइएको हो।
‘प्रस्तुत विषयमा संघीय संसद् प्रतिनिधि सभाको निर्वाचन २०७९ मंसिर ४ गतेका लागि घोषणा भइ सम्मानित निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रमको कार्यतालिकासमेत प्रकाशन भइसकेको सन्दर्भमा नेपालको संविधान बमोजिम २०७४ सालमा गठन भएको प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनुहुन निर्देशानुसार अनुरोध छ’, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ।

समानुपातिक बन्दसूची बुझाउन दिन असोज २ र ३ गतेलाई तोकिएकाले अन्य सांसद्को पद अघिल्लै दिन सकिएको र सभामुख र उपसभामुखको पद पनि सोही दिन सकिने भन्दै तर्क भइरहेको बेलामा राष्ट्रिय सभाका अध्यक्षलेसमेत चासो देखाएका हुन्।
सभामुख र उपसभामुखले भने पदमा बहाल रहँदै कार्यभार सम्हालिरहेका छन्। असोज २३ गते प्रत्यक्षतर्फको मनोयन भएकाले त्यसको अघिल्लो दिनसम्म पद कायम रहने उनीहरुको भनाइ सार्वजनिक भइरहेको छ ।
आयोगले पनि पत्रको जवाफ दिएको छ। उसले प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यको कार्यकाल आफूले निर्क्यौल गर्ने नभएको प्रष्ट पारेको छ।
1664109225.jpg)
1664109225.jpg)
विभिन्न सन्दर्भ दिँदै उसले निष्कर्षमा लेखेको छ- ‘उल्लेखित व्यवस्था समेतका आधारमा नेपाल सरकारबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको लागि निर्वाचनको मिति तोकिई मतपत्र छपाई समेत गरी निर्वाचनको सघन रुपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरुको कार्यविधि निर्क्यौल हुनुपर्छ भन्ने आयोगको मत रहेको साथै, निर्वाचित संसद्को कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको सविधान र प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिन्छ’, आयोगले असोज ७ मा दिएको जवाफमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।