काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता २०७९ प्रति प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार निर्वाचन आयोगको कार्यालय पुगेका देउवाले प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ।
‘सम्माननीय प्रधानमन्त्री लगायत १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,’ आयोगको भनेको छ, ‘दलका प्रमुख तथा प्रतिनिधिहरुबाट लिखित प्रतिबद्धता व्यक्त भयो।’
आइतबार आयोगमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल लगायत नेताहरु आयोग पुगेका थिए।
यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ। आयोगले निर्वाचन आचारसंहिता लगाउने तयारी गरिरहेको भए पनि प्रतिबद्धता नपाएका कारण रोकिएको थियो। आचारसंहिता लागू भएपछि निर्वाचनलक्षित सरुवा बढुवा र अन्य कार्य गर्न अवरोध पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।