काठमाडौं- सरकारले दार्चुलाका दुई स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो घोषणा गर्ने निर्णय गरेको हो।
‘दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
केही दिनअघि मात्रै सो क्षेत्रमा गएको बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।