काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छिन्। आइतबार ती विधेयक प्रमाणीकरण गरिएको हो।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेस हुन आएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नागरिकता विधेयक भने सदनले दुईपटक प्रमाणीकरण गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिएका कारण राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।