काठमाडौं– नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा दिनेमा धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतासहित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी रहेका छन्। शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो।
सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राईद्वारा हस्ताक्षरित सामूहिक राजीनामा पत्रमा भनिएको छ।
आइतबार पत्रकार सम्मेनलको आयोजना गरेर सामूहिक राजीनामाबारे उनीहरुले जानकारी दिएका छन्। कांग्रेसलाई प्रतिनिधि सभाको सिट दिने गठबन्धनमा सहमित भएको सूचना पाएपछि जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।