काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गराएको बन्दसूची सार्वजनिक भएको छ। नेपाल लाइभले प्राप्त गरेको सूचीमा कांग्रेसका कैयौं प्रभावशाली नेताहरु समानुपातिक सूचीमा छन्।
क्लस्टर नछुट्याएको सूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि छन्। त्यस्तै, फरमुल्लाह मन्सुर, जीवन परियार, डा प्रकाशशरण महत, आनन्दप्रसाद ढुंगाना, डा चन्द्र मोहन यादव, अलिल रुँगाटा, डा आरजु राणा देउवा, मञ्जु खाण लगायतका नेताहरु पनि सूचीमा छन्।
राणा प्रधानमन्त्री देउवाकी पत्नी हुन्, खाण गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन्। व्यापारी रुँगाटादेखि नेपालगंज मेडिकल कलेज सञ्चालक सुरेश कुमार कनोडियाको नाम सूचीमा छ। सूचीमै रहेका खुमाप्रसाद अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन्। उनी ठगी मुद्दामा मुछिएका व्यक्ति हुन्।
कांग्रेसका प्रभावशाली नेताहरुले नै सांसद बन्नका लागि समानुपातिक बाटो रोजेको सूचीबाट देखिन्छ। पूर्वउपासभापतिद्वय निधि र गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि सूचीमा छन्। प्रवक्ता डा प्रकाशशरण महत, पूर्वराष्ट्रपति डा रामवरण यादव पुत्र डा चन्द्रमोहन यादव पनि सूचीमा छन्।
कांग्रेससहितका प्रमुख दलहरुले असोज ३ गते आयोगमा समानुपातिक बन्दसूची बुझाएका थिए। आयोगले बन्द सूची बुझाउनका लागि असोज २ र ३ गतेको समय तोकेको थियो। असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन हुँदैछ।
यस्तो छ सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।