काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अवकास हुँदैछन्। उमेर हदका कारण उनले यही असोज १६ गते स्वत: अवकाश लिने भएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।
जबराविरुद्धको महाभियोग समयमै नटुंगिता कार्की कामुबाटै अवकास हुन लागेका हुन्। चोलेद्न शमशेर जबराको महाभियोग यसअघि नै टुंगो लागेको भए उनी केही समयका लागि भए पनि प्रधानन्यायाधीश भएर अवकाश लिन पाउने थिए।
यस्तै कार्कीको आजै बिदाई गरिने भएको छ। भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उनको बिदाई गरिने सर्वोच्च अदालतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।