फाइल तस्बिर
हेटौंडा– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताएका छन्। विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने थापाको भनाइ छ।
शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा आउनुपर्ने बताए।
मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न आग्रह गरे। मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवा बाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।