काठमाडौं- नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेसभित्र आन्तरिक आयाम नमिलिकन गठबन्धनका नेताहरुले टाउको जोडेर परिणाम प्राप्त गर्छु भन्ने सोचेको भए होस पुर्याउन चेतावनी दिएका छन्।
शनिबार शेखर कोइराला पक्षको भेलामा सम्बोधन गर्दै उनले बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, आफ्नो सन्देश पठाउँदैमा, घण्टौं–घण्टा बैठक बस्दैमा निर्वाचनमा मागे जति सिट नपाइने र पाए जति सिट पनि नजितिने बताए।
घिमिरले आफूहरुको खबरदारी आफ्नो सभापति र प्रधानमन्त्री शेरबहादुर देउवालाई मात्रै नभएको भन्दै गठबन्धनका नेताहरुलाईसमेत भएको बताए।
‘नेपाली कांग्रेसबाट बढीभन्दा बढी सिट लिँदैमा, बढीभन्दा बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन जित्ने ग्यारेन्टी तपाईंहरुसँग छैन’, गठबन्धनका नेताहरुलाई उनले भने, ‘त्यसैले सबैभन्दा पहिलो कुरा तपाईंहरुले यो कुराको हेक्का राख्नुस्।’
उनले नेपालको इतिहासमा एउटा अभिनव, नूतन प्रयोगको संघारमा रहेको भन्दै दुनियाँमा यस्ता प्रयोग कमै हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।