काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकतालाई सौदाबाजीको विषय बनाउन नहुने बताएका छन्।
नेकपा एमालेमा प्रवेश गर्ने अन्य पार्टीका नेता कार्यकर्ताहरूको संख्या लाख नाघेको अवसरमा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा महासचिव पोखरेलले पाँचदलीय गठबन्धनले नागरिकताको विषयमा जनता विभाजित गर्ने प्रयास गरिरहेको आरोप लगाए। उनले नागरिकता राष्ट्रको परिचय भएकाले यसलाई सौदावाजीको विषय बनाउन नहुने बताए।
उनले आगामी निर्वाचनपछि जनताले एमालेलाई बहुमतका साथ सरकार गठनको अवसर दिने विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने एमालेको सरकारले नागरिकताको समस्या राष्ट्रिय सहमतिका साथ सधैंका लागि समाधान गर्ने बताए।
उनले नागरिकताका विषयमा राष्ट्रपतिको मार्गनिर्देशनलाईसमेत सम्बोधन गरिने स्पष्ट गरे। उनले आगामी निर्वाचनपछिको एमाले नेतृत्वको सरकारले नागरिकता, सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान, युवाशक्तिलाई देशको निर्माणमा परिचालन, रोजगारी र उद्यमशीलताको विकास लगायत विषयलाई प्राथमिकतामा राखिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।