काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषा पुगेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउनका लागि अध्यक्ष ओली धनुषा–२ पुगेका हुन्।
अरगरिया प्रतिनिधि सभामा लोसपाका तर्फबाट प्रमुख सचेतक थिए। ओली पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि जनकपुरबाट रेल चढेर तिनकौरीया चोक गएका हुन्।

पछिल्लो समय चुनावको मिति नजिकिएसँगै मधेशका नेताहरु धमाधम एमाले प्रवेश गर्ने क्रम बढेको छ। पहाडभन्दा तुलनात्मक रुपमा मधेशमा कमजोर देखिएको एमालेलाई बलियो बनाउन ओली तराईमा केन्द्रित देखिएका छन्।
मधेश केन्द्रित दलका प्रभावशाली नेताहरु नै धमाधम एमालेमा प्रवेश गरिरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।