• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमाले मधेस मिशन: भित्रिए चार प्रतिनिधि र पाँच प्रदेश सभा सांसद, प्रभावशाली नेता कति?

64x64
डिबी खड्का शनिबार, असोज ८, २०७९  ०८:०५
1140x725

काठमाडौं– पार्टी प्रवेशको संख्या १ लाख पार गरेको भन्दै नेकपा एमालेले शनिबार काठमाडौं र मधेस प्रदेशको राजधानी जनकपुरमा ‘पार्टी प्रवेश महोत्सव’ गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा- २ को तीनकौरिया चौकमा आयोजना हुने कार्यक्रममा प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउँदैछन्।

यसअघि पनि प्रतिनिधि सभाका तीन निवर्तमान सदस्यहरु एमालेमा प्रवेश गरिसकेका छन्। हृदयेश त्रिपाठीको ‘स्वतन्त्र समूह’ बाट सांसद वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेका छन्।

प्रतिनिधि सभाका निवर्तमान सांसदमध्ये वृजेशकुमार गुप्ता २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्रबाट कपिलवस्तु- २ बाट निर्वाचित भएका हुन्। यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य  रहेकी अमृता अग्रहरी समानुपातिकबाट प्रतिनिधि सभाका सदस्य थिइन् भने रुही नाज पनि समानुपातिकबाटै सांसद थिइन्।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभाका सांसद प्रल्हाद गिरी पनि एमाले प्रवेश गरेका छन्।

'त्रिपाठी समूह' बाट लुम्बिनी प्रदेश सांसदमा कपिलवस्तु- २ ‘ख’बाट जितेका धर्मबहादुर लाल श्रीवास्तव पनि एमालेमै मिसिएका छन्। जसपाकी मधेस प्रदेश सांसद डा रिना यादव केही समयअघि एमालेमा प्रवेश गरिन्। प्रदेश विकास संसदीय समिति सभापति भइसकी उनी तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन्।

जसपाकै लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन्।

प्रभावशाली नेताहरुमा जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता सबैभन्दा पहिले एमालेमा पुगेका थिए। त्यसपछि जसपाबाटै वीरगञ्ज महानगरका तत्कालीन मेयर विजय सरावगी, जसपाका नेता पशुपति दयाल मिश्र, रामकुमार दीक्षित, पूर्वमन्त्री खोभारी राय, संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा, लोसपाका केन्द्रीय सदस्य डा रामबाबु तिवारी  र  अजय कुमार गुप्ता, माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री रामसिंह यादव र कांग्रेसका पूर्वजिल्ला उपसभापति दिनानाथ साह लगायत एमालेमा प्रवेश गरिसकेका छन्।

1648464134_brijesh uml.jpg
एमाले प्रवेश गर्दै वृजेशकुमार गुप्ता।

स्थानीय चुनावपछि जो प्रवेश गरे
माथि उल्लेखित नेताहरुबाहेक पनि स्थानीय निर्वाचन २०७९ पछि ठूलो संख्यामा एमाले प्रवेश गरेको एमालेको प्रचार विभागले जनाएको छ।

केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) का नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष रामबलभ साह, नेकपा एकीकृत समाजवादीका मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य शेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गरे। यसैगरी लोसपाबाट संविधानसभा सदस्य चन्दन साह एमाले प्रवेश गरे।

Ncell 2
Ncell 2

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अरबिन्द साह, सर्लाही जिल्ला समन्वय समितिका पूर्वप्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका पूर्वनगरप्रमुख निरशल साह, नेकपा एकीकृत समाजवादीकका धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा, नेपाली कांग्रेसबाट गाउँपालिकाका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका पूर्वअध्यक्ष निरराज गिरी पनि एमालेमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य तथा गाउँपालिका पूर्वअध्यक्ष विजयकुमार चौरसिया, गाउँपालिकाका पूर्वअध्यक्ष तथा प्रदेश कमिटी सदस्य श्रीलाल साह कानु, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी कुर्मी, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरू शंकर महतो र अंजितकुमार महतो, एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य रोशन गौतम, माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटी सदस्य उमेश महतो, नेपाली कांग्रेसका महोत्तरी जिल्ला समिति सदस्य दीपबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरू मनोजकुमार थापा, मनोजकुमार कुशवाहा, ललित सिंह, निरज अधिकारी, अशोक महतो, हृदयसिंह कुशवाहा, जयप्रकाश सिंह कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराइसकेका छन्।

यसैगरी माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्यहरु शिवकुमार कापर र  सकलदेव रजक पनि एमाले प्रवेश गरेको एमाले प्रचार विभागले जनाएको छ।

फागुनअघि  एमाले रोजेकाहरू
फागुन २८ गते  मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेशका दुई स्थानीय तहका प्रमुखसहित केही जनप्रतिनिधिलाई एमालेमा प्रवेश गराए। वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीसँगै दुई जना वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य र केही वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरु एमाले प्रवेश गरे।

सरावगीसँगै एमाले प्रवेश गर्नेमा वडा नम्बर १४ का वडाध्यक्ष भर कुर्मी, २५ का बृजलाल पटेल र जिल्ला समन्वय समितिका सदस्य आमोद यादवसहितका जनप्रतिनिधिहरु छन्। 

त्यसलगत्तै बाराको जयनगर (चिउँटाहा) मा आयोजित आमसभामा पुगे ओली। त्यहाँ आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी र उनीनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरे। अन्सारी पनि जसपाबाटै निर्वाचित अध्यक्ष हुन्। उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष डा अख्तर आलम अन्सारीसमेत औपचारिक रुपमा एमालेमा प्रवेश गरे।

1647074712_Oli_Bijaya_sarabagi.jpg
वीरगञ्ज महानगरपालिका तत्कालीन मेयर विजय सरावगीलाई एमालेमा भित्र्याउँदै अध्यक्ष केपी शर्मा ओली।

यसअघि फागुन २५ गते एमालेको संगठन कमजोर रहेको मोरङको रंगेली नगरपालिकाका मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।

प्रवेश गर्नेमा रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनालका साथै वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल छन्। उनीहरू सबै माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए।

त्यसअघि फागुन २ गते रूपन्देहीका दुईवटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू एमालेमा प्रवेश गरेका थिए। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’ र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजनलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका थिए। यादव तत्कालीन मधेसी जनअधिकार फोरम, हालको जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्।

पुषबाट सुरु भएको थियो पार्टी प्रवेश अभियान
एमालेले गत पुषदेखि नै निर्वाचन केन्द्रित अभियान मात्रै होइन, पार्टी प्रवेश कार्यक्रम थालेको थियो। चितवन महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय थियो- 'पुष मसान्तसम्म सबै तहका पार्टी कमिटीहरूले आ–आफ्नो कार्यक्षेत्र भित्रको पार्टी प्रवेश सम्भावनाको आकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने र प्रवेशको तयारीका लागि निश्चित व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने।'

एमालेले गरेको यो निर्णयअनुसार माघ र फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन हुने थियो। तर, एमाले अध्यक्ष ओलीले त्यसअघि नै निर्णय कार्यान्वयन थालिसकेका थिए। पुष ६ गते नै कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रम गरेर जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमालेमा भित्र्याए। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ गुप्तालाई एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको हो। उनलाई पार्टीमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरु कपिलवस्तु पुगेका थिए।

1640078965_mangal parsad gupta.jpg
एमाले प्रवेश गर्दै मंगलप्रसाद गुप्ता।

त्यहाँको पहाडी समुदायमा राम्रै जनसमर्थन रहेको एमालेले राजमार्गको उत्तर भागमा पहाडी समुदायको वर्चस्व भएका कारण विजयनगर गाउँपालिका अध्यक्ष र शिवराज नगरपालिकामा मेयर जितेको छ। तर, मधेसी समुदायमा एमाले कमजोर भएकाले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वरदयाल मिश्रलाई समर्थन गरेको थियो।

गएको निर्वाचनमा कांग्रेसका अभिषेकप्रताप साहसँग पराजित भएका गुप्ता एमाले प्रवेशपछि त्यहाँ संगठन मजबुत हुने आकलन एमालेको छ।

त्यसपछि पुस ८ गते ‌ओलीले पर्साको जगरनाथ पुगेर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित माओवादी केन्द्रका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराए।

पुष १७ गते बाँकेको नरैनापुरमा जसपाका केन्द्रीय सदस्य रामकुमार दीक्षितसहित उक्त पार्टीका स्थानीय नेता-कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराएका थिए। त्यसअघि राजपाका पूर्वसहमहामन्त्री पशुपति दयाल मिश्र र केन्द्रीय सदस्य करिम खान एमालेमा प्रवेश गरेका थिए।

यसैगरी पुष १९ गते पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरे। एमाले विभाजनको समयमा एकीकृत समाजवादीतिर लागेका झालाई ओलीले मधेसको राजनीति मजबुत बनाउन एमालेमा भित्र्याएका हुन्।

गत पुष २३ गते जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) एमाले मा प्रवेश गरे। एमालेको नवौं जिल्ला अधिवेशनका अवसरमा उनलाई उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका थिए। यादव गत स्थानीय तह निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भएका थिए। तर, दोस्रो स्थानमै सीमित भएका थिए।

Yadubansha-jha1663985494.jpg
यदुवंश झा एमाले अध्यक्ष ओलीसँग।

पुष २७ गते नै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गरे। उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

स्थानीय निर्वाचनमा देखियो असर
नेकपा एमाले २०७४ सालको स्थानीय निर्वाचनमा मधेसमा १८ स्थानीय तह जितेर चौथो शक्ति बनेको थियो। तर, यसपटक अन्य दलले गठबन्धन गर्दा समेत एमाले ३० पालिका जितेको छ र दोस्रो शक्ति बनेको छ।  मधेसमा एक उपमहानगरसँगै १९ मेयर, २० उपमेयर, ११ गाउँपालिका अध्यक्ष र ७ उपाध्यक्ष जितेको छ।

२७४ वडाध्यक्ष, २८६ महिला सदस्य, २८१ दलित महिला सदस्य र ५७० सदस्य एमालेको भागमा परेको छ। मधेस प्रदेशमा एमालेका एक हजार ४६७ जनप्रतिनिधि बनेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०८:०५
  • #एमाले
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकत... बुधबार, फागुन २७, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो । मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्