• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सीतामढीदेखि कान्तिसम्म : तंग्रिँदैछन् रविन, फर्किँदैछ सिलादेवीको खुशी

64x64
अन्शु खनाल शनिबार, असोज ८, २०७९  ०७:४१
1140x725

काठमाडौं- गत वर्ष असोजमा रौतहटको गढीमाई नगरपालिका–८ का  रविन सहनीलाई बेस्सरी ज्वरो आयो। लामो समय ज्वरो नरोकिएपछि आमा सिलादेवले भारतको सीतामढी लिएर गइन्। सीतामढीमा के भएको हो भन्ने पत्तो नलागेपछि उनीहरु बैरगनिया पुगे।

छोराको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको थियो। भएजतिको पैसा खर्च भइसकेको थियो तर अझै के भएको हो भन्ने पत्ता लागेको थिएन।

बैरगनियाबाट बिरामी छोरा च्यापेर उनी फेरि नेपाल नै फर्किइन्। १३ वर्षको छोरो शरीर दुख्यो भनिरहेको थियो। निरन्तर ज्वरो पनि आइरहेको थियो। घर फर्किएर पनि चुप लागेर बस्न सकिनन् उनी। त्यसपछि रौतहटकै गरुढास्थित हेल्थ केयरमा जाँच गराइन्। त्यहाँ पनि केही पत्ता लाग्न सकेन।

छोराको अवस्था देखेर सिलादेवीले मन थामेर बस्न सकिनन् र फेरि भारतको पटना पुगिन्। नेपाल र भारतका विभिन्न अस्पताल चाहार्दा चहार्दै उनी आफैं बिरामी जस्तो भइसकेकी थिइन्।

तर, छोराको पीडा देखेर उनलाई त्यो दौडाइ पनि सामान्य लाग्न थालिसकेको थियो। पटनाको अस्पतालले उनीहरूलाई वीरगञ्जको नारायणी अस्पताल रेफर गरिदियो।

एम्बुलेन्सलाई २५ हजार भारु तिरेर उनीहरू वीरगञ्ज आइपुगे। केही पत्ता लागिहाल्छ कि भन्ने आशा थियो उनलाई। तर, नारायणी अस्पतालमा पनि केही पत्ता लागेन।

सास रहुन्जेल आश रहन्छ भन्छन्, त्यही आशामा सिला फेरि छोरा लिएर रौतहटकै ग्रान्डी अस्पताल पनि पुगिन्। तर, उनले निरासा बाहेक केही हात पार्न सकिनन्।

लगभग ७/८ महिनाको अन्तरालमा न त छोरालाई ज्वरो कम भयो न त रोग नै पत्तो लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि सिला गाउँकै नेता डा बंशीधर मिश्रकोमा पुगिन्। मिश्रले उनलाई काठमाडौंको कान्ति बाल अस्पताल जान सुझाए।

काठमाडौं त जाने तर उनीहरुसँग पैसा थिएन। सामान्य खेतीकिसानी र मेलापात गरेर जीवन निर्वाह गरिरहेको सहनी परिवारले भारत र नेपालमा गरेर लाखौं खर्च गरिसकेको थियो। बाँकी थियो जम्मा–पाँच धुर जमिन।

छोराको रोग पत्ता लाग्छ भने जे पनि गर्न तयार थिए उनीहरु। अन्ततः उनीहरुले त्यही पाँच धुर जमिन महाजनकोमा धितोमा राखेर पाँच लाख रुपैयाँ ऋण लिए।

काठमाडौं आउनुभन्दा अगाडि गाउँमै अलिअलि चन्दा पनि उठाए। त्यहाँका नेता हरि यादवले पनि सात हजार रुपैयाँ सहयोग गरे उनीहरुलाई।

Xtrem

Xtrem

काठमाडौं आएर कान्ति बाल अस्पतालमा जाँच गर्दा रविनलाई लिम्फोमा भएको पत्ता लाग्यो।

उनीहरु काठमाडौं आएको चार महिना पुगिसक्यो। चार महिनामा तीन लाख रुपैयाँ सकिसक्यो। रविन अहिले धेरै फुर्तिलो भएका छन्। उनको तेस्रो चरणको किमोथेरापी भर्खरै सकियो।

पाँच कक्षा पढ्दापढ्दै बिरामी परेका रविनलाई छिटो निको भएर स्कुल जाने रहर छ।

पैसाको अभाव छ, धितो राखेको जग्गा जाने पक्का छ तर पनि सिला छोरा निको हुँदै गरेको देखेर खुशी छिन्।

महाराजगञ्जको आश्रममा बसिरहेका रविन र सिलालाई काठमाडौं नौलो लाग्छ। स्थानीय भाषामा बोल्ने उनीहरुको कुरा न कसैले राम्रोसँग बुझ्छ न त उनीहरुले यहाँको भाषा बुझ्छन्।

‘औषधि किन्न, खानेकुरा खान जाँदा, डाक्टरहरसँग बोल्दा पनि अप्ठ्यारो हुन्छ’, सिलाले भनिन्।

गत हप्ता कान्ति बाल अस्पतालमा उपचार गरेर क्यान्सर निको भएका बालबालिकाको भेला थियो। त्यही भेलामा भेटिएका थिए सिला र रविन पनि।

क्यान्सर निको भएका अन्य बालबालिकाहरू देखेर सिलाले आफूपनि केही बोल्छु भन्दै हात उठाइन्। ‘क्यान्सर भन्ने शब्द नै डरलाग्दो लाग्थ्यो। कति अस्पताल चाहार्दा चाहार्दा कान्ति आएपछि आफ्नै छोरालाई क्यान्सर भएको थाहा भयो। अहिले उपचार भइरहेको छ। सबै डाक्टरहरुलाई धन्यवाद। छोरो निको हुन्छ भन्ने आशा गरेकी छु,’ उनले आफ्नै भाषामा भनिन्।

उनका श्रीमान विन्देश्वर सहनी रौतहटमै छन्। मेलापात जान्छन्, खेतिपाति गर्छन्।

सिला छोरोको उपचार्थ गाउँपालिकाले बनाइदिएको कागज बोकेर घरि नक्साल पुग्छिन् घरि माछापोखरी।

कसैले सहयोगमा दिएको पाँच/दश रुपैयाँमा पनि छोराको जीवन देख्छिन् उनी। छोराको खुट्टा मिच्दै उनी भन्छिन्, ‘सब कुछ ठीक होजाएगा।’

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्