काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा पराजित डा शेखर कोइराला समूहले कांग्रेसभित्रै दबाब बढाउन खबरदारी सभा गर्ने भएको छ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहले एकलौटी गर्न खोजेको भन्दै काठमाडौंको बानेश्वर बैंक्वेटमा शनिबार १ बजे सभा आयोजना गरिएको हो।
सभाको पूर्व तयारीका लागि शुक्रबार बैठक बसेको थियो। निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा संस्थापनइतरका नेताहरु निकै कम समेटिएको र समेटिएकाहरु पनि प्राथमिकताको क्रममा धेरै पछाडी रहेको डा कोइराला पक्षको भनाइ छ।
देउवापक्षका डा आरजु देउवा, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठल, डा रामशरण महत लगायत सुरक्षित हुँदा अर्को पक्षका कुनै नेता अग्रभागमा नपारिएका हुन्।
यसैगरी प्रत्यक्षतर्फ पनि संस्थापनइतरले पाउने सम्भावना कम छ। सत्ता गठबन्धनबाट प्राप्त हुने थोरै सिटमा पनि सभापति देउवाको हालीमुहाली हुने संकेत देखेपछि उक्त पक्षले खबरदारी सभा आयोजना गर्न लागेको हो। संस्थापनइतरले समानुपातिक र प्रत्यक्षमा ४० प्रतिशत अवसर खोजेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।