काठमाडौं– नेपाली कांग्रेस मधेश प्रदेशका सञ्चार विभाग प्रमुख नितेश गुप्ताले फरक क्षमता भएका नागरिकका अधिकारका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार राष्ट्रिय अपांग महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित उद्घाटन समारोहमा बोल्दै गुप्ताले संविधान र अन्तर्राष्ट्रिय अपांग महासन्धीका धेरै दफामा अपांगता अधिकारको सवालमा बोलिसकेको भन्दै व्यवहारमा लागू नभएकोमा असन्तुष्टि व्यक्त गरे।
अहिले प्रतिनिधि सभा र प्रदेश सभामा सावेशीतर्फ निर्वाचन आयोगले अपांग आरक्षण कोटा व्यवस्था नगरेको भन्दै अपांगता भएकालाई भेदभाव गरिएकोमा उनले आपत्ति जनाए। स्थानीय निकायले निर्देशिका विपरीत अपांगता परिचयपत्र वितरण गरी राज्यको पैसाको दुरुपयोग गरेकाले त्यमाथि छानबिन हुनुपर्ने उनको माग थियो।
उनले राज्यका निकायले नै संविधान विपरीत काम गर्ने गरेकाले अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि देशव्यापी आन्दोलन गर्नुपर्ने चेतावनी दिए। उनले भने, ‘यो देशमा हजारौं, लाखौं अपांगता भएकाहरु आफ्नो अधिकारका लागि देशव्यापी आन्दोलनमा उत्रिनुपर्ने भएको छ।’
कार्यक्रममा ८ जिल्लाबाट ९० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।