काठमाडौं– एमाले लगायतका दलहरुसँग चुनाावी तालमेल गर्ने उद्देश्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समिति गठन गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने गरी लोसपाले समिति गठन गरेको हो।
लोसपाका नेता राजेन्द्र महतोको संयोजकत्वमा शरद सिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ला, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनलसहित ६ जनाको समिति गठन गरेको लोसपाले जनाएको छ।
समितिले एमाले लगायत विचार मिल्ने दलहरुसँग सहकार्य गरी चुनावी प्रक्रियामा होमिने जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।