फाइल फोटो
काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज बसिरहेको छ। बैठकमा कोइरालासहित यो पक्षका पदाधिकारीहरु आज सहभागी छैनन्।
दोस्रो तहका नेताहरुको बैठक आज गरेपछि भोलि कोइरालासहित पदाधिकारीहरुले छलफल गर्ने बताइएको छ।
पार्टीको समानुपातिक सूचीप्रति असन्तुष्ट रहेको कोइराला पक्षले प्रत्यक्षतर्फ पनि १ सय भन्दा कम सिट नलिन पार्टी नेतृत्वलाई दबाब दिँदै आएको छ।
सता गठबन्धनमार्फत् पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सिट बाँडफाँट टुंग्याउने अन्तिम कसरत गरिरहँदा पार्टीभित्र कोइराला पक्षले दबाब बढाउन थालेको छ।
आजको भेलामा सहभागी नेता गुरुराज घिमिरेका अनुसार सितापाईलामा बसिरहेको बैठकमा दोस्रो तहका नेताहरुले आ–आफनो धारणा राखिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।