काठमाडौं– जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्। श्रीपाइलीलाई एमाले महासचिव शंकर पोखरेलले शुक्रबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा प्रवेश गराएका हुन्।
पार्टी प्रवेशको संयोजन एमालेका पोलिटव्यूरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलावजंग शाहले गरेका थिए। अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गरेका श्रीपाइली करिब तीनदशकदेखि सक्रिय राजनीतिमा रहेका छन्। उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन्।
श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।