काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समितिले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपा मधेस प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
जसपा मधेस प्रदेश समितिको असोज ६ गते बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको छ। जसअन्तर्गत असोज ८ गते मधेस प्रदेशका जिल्लाहरुमा अन्तर्क्रिया गर्ने, ११ गते जिल्ला सदरमुकाममहरुमा विरोध प्रर्दशन गर्ने, १३ गते स्थानीय तहमा जननिर्वाचित प्रतिनिधीहरुलाई नागरिकता विधेयकका बारेमा जानकारी गराउने जसपाको कार्यक्रम छ। यस्तै, असोज १५, १६ र १७ गते वडास्तरीय भेलाहरु गरेर नागरिकता विधेयकका विषयमा छलफल गर्ने कार्यक्रम जसपाले तय गरेको छ।
जसपाका मधेस प्रदेशका मुख्य सचिव दिनेश यादवले प्रदेशका ८ वटै जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै प्रदेश समितिको निर्णयानुसारका कार्यक्रमका लागि पार्टी परिचालनमा लाग्न भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।