काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्यबहादुर थापाले राजनीतिक सहमति र समझदारी आफैंसँग गर्नुपर्छ भन्ने गरेको दाबी गरेका छन्।
बिहीबार थापाको आत्मकथा विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने- ‘पछिल्लो चरणमा उहाँसँग कुरा गर्दै गर्दा हरेक कुरा, राजनीतिक सहमति, समझदारी प्रचण्डसँगै गर्नुपर्छ भनिराख्नुहुन्थ्यो जहिले पनि। अहिले प्रचण्डसँग नगरी केही हुँदैन है देशको राजनीतिमा भन्नुहुन्थ्यो।’
थापाले आफू अभिभावक भएर अभिभावकले कहीँ न कहीँ दिशानिर्देश गर्न खोजेको जस्तो गर्ने गरेको प्रचण्डले सुनाए। ‘मैले त्यतिबेला पनि भनेको थिएँ, पछिल्लो चरणमा उहाँ अभिभावकजस्तो भएर प्रस्तुत हुनुभयो’, उनले भने।
थापाको पुस्तकमा आफू सहमत हुन नसक्ने कुरा पनि रहेको उनको भनाइ छ। ‘उहाँले माओवादीलाई पछिसम्म पनि जे रुपमा बुझ्नुभएको देखिन्छ त्यहाँ उहाँले लेख्दैजाँदा वा बोल्दैजाँदा। त्यसभित्र कैयौँ कुरा तथ्यसंगत छैनन् भन्ने मेरो पनि अनुभूति भएको छ। तथ्यभन्दा बाहिर छ त्यो कुरा। त्यस्तो होइन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।