• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टुकुचा खोजी अभियानमा उच्च अदालतको एकपछि अर्को अन्तरिम आदेश, २१ जनाको उजुरीले रोकियो काम 

64x64
सुरेन्द्र बजगाईं बिहीबार, असोज ६, २०७९  १८:४५
1140x725

काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको खोजी कार्य द्रुत गतिमा अगाडि बढाएको छ। तर, महानगरको उक्त खोजी कार्यलाई उच्च अदालतले भने एकपछि अर्को अन्तरिम आदेश दिएर ‘ब्रेक’ लगाउन लागेको छ। 

महानगरले टुकुचा खोलामाथि बनेका संरचना हटाउने अभियान सुरु गरेपछि २१ जनाले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले उनीहरुको संरचना तत्काल नहटाउन महानगरपालिकाका नाममा अन्तिरिम आदेश दिएको थियो।

विश्व प्रकाश साख, लक्ष्मी बैंक, रेशम मानन्धर, गुडविल फाइनान्स एण्ड  इन्भेस्टमेन्ट प्रालि, बुद्दि लक्ष्मी गुरुङ, एस बि एल विवभलपर्स प्रालि, प्रविन श्रेष्ठ, राजेशभक्त श्रेष्ठ, किरण प्रकाश साख, तारा शाक्य, शान्ति राणा र सुलक्ष्मी राणाले महानगरले टुकुचा खोला उत्खनन् गर्न लागेपछि पाटन उच्च अदालत पुगेका थिए। 

यस्तै, अदालत पुग्नेमा प्रतिभा राणा, करुणा मानन्धर, निर्मलादेवी श्रेष्ठ र अरुणभक्त श्रेष्ठ, रजविन राज मानन्धर, शारदा मानन्धर र सुरज राज मानन्धर, अरुण भक्त श्रेष्ठ, मोहन रत्न शाक्य, राधिका कटुवाल, तेज प्रकाश साख, ज्योती प्रकाश साख रहेका छन्।  उनीहरुको उजुरीमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 

अदालतको आदेशप्रति बालेनको टिप्पणी 
अदालतले यसरी महानगरले अगाडि बढाएको काममा ब्रेक लगाएपछि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अदालतको आदेशप्रति सामाजिक सञ्जालमा टिप्पणी  गरेका छन्।

balen sahaaa1661769967.jpg

अदालतले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध ‘स्टे अर्डर’ दिएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।

‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमति) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि पनि नर्भिक अस्पतालको संरचना नभत्काउन भन्दै सर्वोच्चले आदेश जारी गरेपछि व्याक भएका बालेनले त्यसको पूर्ण फैसलाको प्रतीक्षामा छन्। त्यही क्रममा बालेनले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले लिखित जवाफ पनि मागेको थियो।

यसरी भेटियो टुकुचा
टुकुचामा महानगरले डोजर लगाएपछि मात्रै चर्चामा आएको हैन। यसअघि उक्त खोला पुरिएको विषयमा चर्चा हुने गरेको थियो। तर, टुकुचा पुरेर भवन र संरचना बनाउनेहरु ‘हाइप्रोफाइल’ मानिसहरु नै थिए। त्यसैले कुनै पनि सरकारी निकायले खोज्न चाहेको थिएन। 

महानगरले नयाँ नेतृत्व पाएसँगै सार्वजनिक जग्गा खाली गराउन लागिपरेको छ। साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं खोजीमा जुटेको थियो।

Tukuchha_41663414217.png

महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको हात्तीसारमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि अघिल्लो बिहीबार डोजेर लिएर पुगेको थियो। काठमाडौं महानगरपालिका मेयर शाहले पछिल्लो समय अवैध संरचनाहरु हटाउने अभियानअन्तर्गत नै टुकुचा खोलाको खोजी सुरु भएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन् तथा खोजी कार्य सुरु गरेको थियो। 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला परपरका क्षेत्रमा नै हराएपछि महानगरले आन्तरिक मार्किङ गर्दै  डोजरले खनेको थियो। जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचाको खोला भेटिएको थियो। 

उक्त क्षेत्रमा खोला नै पुरेर अतिक्रमण गरेको पुष्टि भएसँगै महानगरले डोजर चलाउन सुरु गरेको छ। लामो समयदेखि स्थानीयबासीहरुले टुकुचा मिचेर संरचना बनाएकाले खोजी गरिदिन महानगरलाई आग्रह गरेका थिए। त्यसपछि महानगरले यसको सम्पूर्ण क्षेत्र खोज्दै अवैधानिक रुपमा निर्माण भएका सबै संरचना भत्काउने तयारी  थालेको छ।

पहिले चर्चा मात्रै, काम बल्ल सुरु
२०७७ साल असारमा नै उपत्यकाको मध्य भागमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भनिएको थियो। 

बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै तत्कालीन सहरी विकास राज्यमन्त्री रामविर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लानअनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने उद्‌घोष गरेका थिए। आर्थिक वर्ष २०७७/०७८ मा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने जनाएका थिए।

६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिने गरि काम हुने त्यतिबेला नै तयारी थियो। टुकुचा खोलाको दायाँ बायाँ किनारलाई व्यवस्थित बनाउने योजना त्यही समयमा बनेको थियो। 

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाले पनि टुकुचा खोलाको दायाँ र बायाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना २०७७ सालमा नै अगाडि बढाउन प्रस्ताव गरेको थियो। जसका लागि एसियाली विकास बैंकसँग मिलेर काम गर्ने तयारी रहेको थियो। तर, एडीबीले लगानी नगर्ने जनाएको छ। 

Tukucha-utkhanan1663576331.jpg

अहिले मेयर बालेनले मन्त्रालयले गरेको त्यही अध्ययनलाई आधार मानेर टुकुचा खोलाको खोजीमा लागेका थिए। महानगरले टुकुचा खोला मिचेको भन्दै ५८८ वटा घर हटाउने जनाएको थियो। तर, उक्त खोलामाथि बनेको २१ वटा घरले उत्खनन् रोक्नु पर्ने भन्दै अदालत पुगेका थिए।

अदालतले अन्तिरम आदेश दिएपछि महानगर पछि हटेको छ। ‘अहिले अदालतले केही समयका लागि काम रोक्न भनेको छ। त्यसैले केही समय काम रोकिने देखिन्छ। तर, टुकुचामाथि बनेको संरचना हटाएर पुरानै अवस्थामा फर्कउने काम महानगरले गर्ने छ’ मेयर बालेनको सचिवालयले भन्यो। 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ५ र... बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि पहिलो चरणको डाइभर्सन निर्माणको काम सुरु भएको छ। बिहीबार, भदौ १८, २०८३
बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। सरकारको तथ्यांक अनुसार यो... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी बिहीबार, भदौ १८, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्