• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

हाम्रा फिल्म बलिउड र हलिउड फिल्म लाग्ने हलमा निरन्तर लाग्नुपर्छ

सन्तोष सेन बिहीबार, असोज ६, २०७९  १४:४५
1140x725

कुर्दाकुर्दै प्रतीक्षाको घडी पनि समाप्त भएको छ। तपाईंहरुले असाध्यै प्रतीक्षा गरेको चलचित्र ‘प्रेम गीत ३’ भोलिदेखि नेपाली र हिन्दी भाषामा विश्वका धेरै देशमा प्रदर्शन हुँदैछ। मलाई लाग्छ, यो खबरले म र मेरो टिमभित्रका सदस्यहरुका लागि भन्दा पनि नेपाली चलचित्रको सफलता चाहने हरेक नेपालीहरुको दिल हर्षित बनाएको छ।

त्यसबेला मनमा अन्तरकुन्तरमा के होला? कता पुगिएला जस्तो लागेको थियो। तर, हाम्रो प्रयासका लागि समग्र नेपाली दर्शक, नेपाली फिल्म मेकर्स, कलाकारहरु तथा शुभचिन्तकहरुको निरन्तर साथ, हौसलाले हाम्रा लागि नेपालका १–२ सय हलमा मात्रै होइन, नेपालीहरु रहेका हरेक देश र अन्य भाषाकै माध्यमबाट भएपनि नेपाली प्रोडक्ट अन्य समुदायका नागरिकहरुमा पनि पुग्नुपर्छ भन्ने फिल भएको हो। सोही अनुसार हामीले ठूलो जोखिम मोलेका हौं।

विश्व चलचित्र बजारको मुलधारमा नेपाली फिल्मले लय समात्छ भन्ने हामी कसैलाई लागेको थिएन। मलाई, मेरा कलाकार तथा प्राविधिक र सायद धेरै हाम्रा शुभचिन्तकहरुका लागि पनि सम्भव होला त? भन्ने अनावश्यक भावनाले हाम्रो दिमागमा राज गरेको थियो।

अन्य भाषामा निर्माण भएका चलचित्र बलिउड बजार छिर्न थोरै पसिना बगाएर पुग्दैन। अझ नेपालमा पनि फिल्म बन्छन् र? भन्ने बलिउडको धारणा चिर्दै हामीलाई बलिउड मेकर्सले एउटा ढोका खोल्नुभयो। म यसका लागि मेरो भारतीय टिमप्रति असाध्यै कृतज्ञ छु।

हामीले गरेको काम एक हिसाबले व्यवसाय होला। तर, व्यवसायभन्दा पनि चलचित्र उद्योगको विकास र स्तरोन्नतिका लागि एक नेपाली मेकर्सको जिम्मेवारी र कर्तव्य पनि हो। आफ्नै लागि अथवा पैसा कमाउनका लागि वर्षौंसम्मको यो दुःख आवश्यक थिएन। म चलचित्र उद्योगकै लागि यतिका वर्ष निरन्तर लागेको हुँ। नेपाली फिल्म पनि स्तरीय र नेक्स्ट लेभलको बन्छ भन्ने देखाउनुछ। हाम्रा फिल्महरु पनि निरन्तर बलिउड र हलिउड फिल्म लाग्ने हलहरुमा लाग्नुपर्छ।  मेरो टिमले त्यही अनुसार काम गरेको हो।

ठूला लगानी र ठूला ब्यानरबाट निर्माण हुने बलिउड र हलिउडका लागि हाम्रो चलचित्रको आकार सानो देखिएला। सायद हाम्रो क्षमताको पहिलो मापन पनि हो। तर, बलिउडका हलहरुमा तथा नेपाली हलहरुमा उत्साहजनक अग्रिम बुकिङले असाध्यै खुशी छौं।

मेरा स्वाभिमानी तथा मिहेनति टिम मेम्बर, सम्पूर्ण नेपाली दर्शक, समग्र नेपाली चलचित्र उद्योगमा रहनुभएका फिल्मकर्मीहरुप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।

हुन त हरेक मानिसका आफ्नै किसिमका गुनासा हुन्छन्। गुनासा धेरै हुन सक्छन्। तर, मेरा लागि त्यस्तो धेरै कुनै गुनासो छैन। हामीलाई चलचित्रकर्मीका पीडा, चलचित्र मेकर्सका पीडा थाहा छ। तर, एकले अर्काको पीडा फिल गर्न सक्दैनौं। चलचित्र उद्योग व्यवसायिकरण हुन सकेन भन्दै गुनासो पोख्छौं। साउथ र अन्य भाषाका फिल्मले एकाएक छलाङ मार्दा लोभिन्छौं। तर, हामी स्वयं घरभित्रका किन अनावश्यक झै–झगडा, अनावश्यक खुट्टा तान्ने, असहयोग किन गर्छौं? यो परिपाटीले पक्कैपनि हामी उद्योगमा निरन्तर काम गर्नेहरुका लागि राम्रो गर्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा, एउटा नेपाली चलचित्र संसारभरका १ हजार भन्दा धेरै हलमा लाग्दैछ। हिन्दी भाषामार्फत् नेपाली चलचित्रले विश्व चलचित्र उद्योगमा प्रवेश गरेको छ। तर, अनावश्यक एकले अर्कालाई गाली गर्ने, सधै सत्ताको लागि लडाइँ गर्ने राजनीतिक दलका नेताहरु यसबारे बेखबर किन हुनुभएको होला? चलचित्र उद्योगको स्तरोन्नतिका लागि उहाँहरुको कुनैपनि दायित्व छैन र? चलचित्र उद्योग पनि उद्योग हो, यो उद्योगमा पनि धेरै नेपालीहरु आश्रित छन् भन्ने किन उहाँहरुलाई अहिलेसम्म मनन् भएन होला?

हामीहरुको यो सफलतामा उहाँहरुले हौसलास्वरुप केही धारणा राख्ने, समाजिक सञ्जालहरुमार्फत् हामीहरुका लागि थप प्रेरणा दिने किसिमका कुनै पोस्टहरु राख्नुपर्ने होइन ? 

Prem-geet-31663837625.jpg

भारतमा मुख्यमन्त्री, मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुले निरन्तर चासो दिनुभएको छ। यहाँका व्यापारी, उद्योगपतिहरुले चासो दिइरहनुभएको छ। तर, स्वयं मेरो देशका नेता तथा मन्त्रीहरु कता हुनुहुन्छ खै!

Xtrem

Xtrem

म नेपाली हुँ, नेपालबाट पनि राम्रा फिल्म बन्नुपर्छ भन्ने सोच अनुसार निरन्तर पैसा खन्याइरहेको छु। फिल्मको स्तरोन्नतिका लागि यति गर्दै गर्दा राज्य चलाउने, सिस्टम बसाल्ने हाम्रा अभिभावकबाट यति आशा, अपेक्षा त गर्न पाइन्छ होला नि !

साउथ फिल्म हिन्दी भाषामा डबिङ भएर हेर्ने दर्शकले साउथ फिल्म नै भन्नुहुन्छ। हामीले अन्तर्राष्ट्रिय बजारमा जानका लागि हिन्दी भाषाको सहयोग लिँदा यसलाई भारतीय फिल्म नभनिदिएको भए हुन्थ्यो, यो सानो गुनासो थियो। तर, भर्खरै मैले नेपालबाट सुनेको खबरअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेम गीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ। मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेम गीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवा सुविधा सरह प्रदर्शनको मौका पाएको छ। साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन। तर, चलचित्र विकास बोर्डले यो कुरा पहिल्यै बुझ्नुपर्ने थियो होइन र? 

चलचित्रकर्मीहरुको दुःख र पीडा बुझ्ने हाम्रो अभिभावक संस्था चलचित्र विकास बोर्डले दर्शकहरुको माग अनुसार फिल्म हललाई सौहार्दपूर्ण वातावरणमा फिल्म लगाउने वातावरण बनाइदिन फेरि पनि विनम्र अनुरोध गर्दछु। 

चलचित्र प्रेम गीत ३ भोलिदेखि तपाईंहरुका लागि पस्कँदैछौं। सम्पूर्ण नेपाली दर्शक तथा हाम्रा शुभचिन्तकहरुका लागि फेरि पनि धेरै धेरै आभार तथा धन्यवाद प्रकट गर्न चाहन्छु।

(सेन चलचित्र ‘प्रेम गीत ३’ का निर्देशक तथा निर्माता हुन्।)

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्