• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

हाम्रा फिल्म बलिउड र हलिउड फिल्म लाग्ने हलमा निरन्तर लाग्नुपर्छ

सन्तोष सेन बिहीबार, असोज ६, २०७९  १४:४५
1140x725

कुर्दाकुर्दै प्रतीक्षाको घडी पनि समाप्त भएको छ। तपाईंहरुले असाध्यै प्रतीक्षा गरेको चलचित्र ‘प्रेम गीत ३’ भोलिदेखि नेपाली र हिन्दी भाषामा विश्वका धेरै देशमा प्रदर्शन हुँदैछ। मलाई लाग्छ, यो खबरले म र मेरो टिमभित्रका सदस्यहरुका लागि भन्दा पनि नेपाली चलचित्रको सफलता चाहने हरेक नेपालीहरुको दिल हर्षित बनाएको छ।

त्यसबेला मनमा अन्तरकुन्तरमा के होला? कता पुगिएला जस्तो लागेको थियो। तर, हाम्रो प्रयासका लागि समग्र नेपाली दर्शक, नेपाली फिल्म मेकर्स, कलाकारहरु तथा शुभचिन्तकहरुको निरन्तर साथ, हौसलाले हाम्रा लागि नेपालका १–२ सय हलमा मात्रै होइन, नेपालीहरु रहेका हरेक देश र अन्य भाषाकै माध्यमबाट भएपनि नेपाली प्रोडक्ट अन्य समुदायका नागरिकहरुमा पनि पुग्नुपर्छ भन्ने फिल भएको हो। सोही अनुसार हामीले ठूलो जोखिम मोलेका हौं।

विश्व चलचित्र बजारको मुलधारमा नेपाली फिल्मले लय समात्छ भन्ने हामी कसैलाई लागेको थिएन। मलाई, मेरा कलाकार तथा प्राविधिक र सायद धेरै हाम्रा शुभचिन्तकहरुका लागि पनि सम्भव होला त? भन्ने अनावश्यक भावनाले हाम्रो दिमागमा राज गरेको थियो।

अन्य भाषामा निर्माण भएका चलचित्र बलिउड बजार छिर्न थोरै पसिना बगाएर पुग्दैन। अझ नेपालमा पनि फिल्म बन्छन् र? भन्ने बलिउडको धारणा चिर्दै हामीलाई बलिउड मेकर्सले एउटा ढोका खोल्नुभयो। म यसका लागि मेरो भारतीय टिमप्रति असाध्यै कृतज्ञ छु।

हामीले गरेको काम एक हिसाबले व्यवसाय होला। तर, व्यवसायभन्दा पनि चलचित्र उद्योगको विकास र स्तरोन्नतिका लागि एक नेपाली मेकर्सको जिम्मेवारी र कर्तव्य पनि हो। आफ्नै लागि अथवा पैसा कमाउनका लागि वर्षौंसम्मको यो दुःख आवश्यक थिएन। म चलचित्र उद्योगकै लागि यतिका वर्ष निरन्तर लागेको हुँ। नेपाली फिल्म पनि स्तरीय र नेक्स्ट लेभलको बन्छ भन्ने देखाउनुछ। हाम्रा फिल्महरु पनि निरन्तर बलिउड र हलिउड फिल्म लाग्ने हलहरुमा लाग्नुपर्छ।  मेरो टिमले त्यही अनुसार काम गरेको हो।

ठूला लगानी र ठूला ब्यानरबाट निर्माण हुने बलिउड र हलिउडका लागि हाम्रो चलचित्रको आकार सानो देखिएला। सायद हाम्रो क्षमताको पहिलो मापन पनि हो। तर, बलिउडका हलहरुमा तथा नेपाली हलहरुमा उत्साहजनक अग्रिम बुकिङले असाध्यै खुशी छौं।

मेरा स्वाभिमानी तथा मिहेनति टिम मेम्बर, सम्पूर्ण नेपाली दर्शक, समग्र नेपाली चलचित्र उद्योगमा रहनुभएका फिल्मकर्मीहरुप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।

हुन त हरेक मानिसका आफ्नै किसिमका गुनासा हुन्छन्। गुनासा धेरै हुन सक्छन्। तर, मेरा लागि त्यस्तो धेरै कुनै गुनासो छैन। हामीलाई चलचित्रकर्मीका पीडा, चलचित्र मेकर्सका पीडा थाहा छ। तर, एकले अर्काको पीडा फिल गर्न सक्दैनौं। चलचित्र उद्योग व्यवसायिकरण हुन सकेन भन्दै गुनासो पोख्छौं। साउथ र अन्य भाषाका फिल्मले एकाएक छलाङ मार्दा लोभिन्छौं। तर, हामी स्वयं घरभित्रका किन अनावश्यक झै–झगडा, अनावश्यक खुट्टा तान्ने, असहयोग किन गर्छौं? यो परिपाटीले पक्कैपनि हामी उद्योगमा निरन्तर काम गर्नेहरुका लागि राम्रो गर्दैन।

Ncell 2
Ncell 2

अर्को कुरा, एउटा नेपाली चलचित्र संसारभरका १ हजार भन्दा धेरै हलमा लाग्दैछ। हिन्दी भाषामार्फत् नेपाली चलचित्रले विश्व चलचित्र उद्योगमा प्रवेश गरेको छ। तर, अनावश्यक एकले अर्कालाई गाली गर्ने, सधै सत्ताको लागि लडाइँ गर्ने राजनीतिक दलका नेताहरु यसबारे बेखबर किन हुनुभएको होला? चलचित्र उद्योगको स्तरोन्नतिका लागि उहाँहरुको कुनैपनि दायित्व छैन र? चलचित्र उद्योग पनि उद्योग हो, यो उद्योगमा पनि धेरै नेपालीहरु आश्रित छन् भन्ने किन उहाँहरुलाई अहिलेसम्म मनन् भएन होला?

हामीहरुको यो सफलतामा उहाँहरुले हौसलास्वरुप केही धारणा राख्ने, समाजिक सञ्जालहरुमार्फत् हामीहरुका लागि थप प्रेरणा दिने किसिमका कुनै पोस्टहरु राख्नुपर्ने होइन ? 

Prem-geet-31663837625.jpg

भारतमा मुख्यमन्त्री, मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुले निरन्तर चासो दिनुभएको छ। यहाँका व्यापारी, उद्योगपतिहरुले चासो दिइरहनुभएको छ। तर, स्वयं मेरो देशका नेता तथा मन्त्रीहरु कता हुनुहुन्छ खै!

म नेपाली हुँ, नेपालबाट पनि राम्रा फिल्म बन्नुपर्छ भन्ने सोच अनुसार निरन्तर पैसा खन्याइरहेको छु। फिल्मको स्तरोन्नतिका लागि यति गर्दै गर्दा राज्य चलाउने, सिस्टम बसाल्ने हाम्रा अभिभावकबाट यति आशा, अपेक्षा त गर्न पाइन्छ होला नि !

साउथ फिल्म हिन्दी भाषामा डबिङ भएर हेर्ने दर्शकले साउथ फिल्म नै भन्नुहुन्छ। हामीले अन्तर्राष्ट्रिय बजारमा जानका लागि हिन्दी भाषाको सहयोग लिँदा यसलाई भारतीय फिल्म नभनिदिएको भए हुन्थ्यो, यो सानो गुनासो थियो। तर, भर्खरै मैले नेपालबाट सुनेको खबरअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेम गीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ। मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेम गीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवा सुविधा सरह प्रदर्शनको मौका पाएको छ। साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन। तर, चलचित्र विकास बोर्डले यो कुरा पहिल्यै बुझ्नुपर्ने थियो होइन र? 

चलचित्रकर्मीहरुको दुःख र पीडा बुझ्ने हाम्रो अभिभावक संस्था चलचित्र विकास बोर्डले दर्शकहरुको माग अनुसार फिल्म हललाई सौहार्दपूर्ण वातावरणमा फिल्म लगाउने वातावरण बनाइदिन फेरि पनि विनम्र अनुरोध गर्दछु। 

चलचित्र प्रेम गीत ३ भोलिदेखि तपाईंहरुका लागि पस्कँदैछौं। सम्पूर्ण नेपाली दर्शक तथा हाम्रा शुभचिन्तकहरुका लागि फेरि पनि धेरै धेरै आभार तथा धन्यवाद प्रकट गर्न चाहन्छु।

(सेन चलचित्र ‘प्रेम गीत ३’ का निर्देशक तथा निर्माता हुन्।)

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्