काठमाडौं- विवेकशील साझा पार्टीबाट अलग भएर काठमाडौं- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। यसअघि उनी विवेकशील साझाका युवा संगठनको संयोजक थिए।
काठमाडौं- ६ बाट २०७४ मा कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले जितेका थिए। उनीसँग बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता झक्कु सुवेदी चुनाव लडेका थिए।
काठमाडौं- ६ मा एमालेको बलियो दाबी गर्ने नेतासमेत नभएकाले मियाँले टिकट पाउने सम्भावना कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।