काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट हुन नसक्ने बताएका छन्। बुधबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएको उल्लेख गरेका छन्।
उनले संसद्बाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता विधेयकका बारेमा विभिन्न दृष्टिकोण र विचारहरु रहेको भन्दै यसको सम्मान गरिनुपर्ने बताएका छन्।
‘म स्वयंले पनि राष्ट्रिय सभाको बैठकमा र सार्वजनिक रुपमा समेत विधेयकमा रहेको कतिपय लैंगिक विभेद र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ’, उनले लेखेका छन्, ‘हाम्रो पार्टीको तर्फबाट पनि संसद्मा रिजर्भेसन राखिएको थियो। हाम्रा विचारहरु राष्ट्रपतिज्यूले सरोकर देखाउनुभएका कतिपय विचारहरुसँग पनि मेल खान्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।