काठमाडौं- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सत्ता गठबन्धनका दलहरुले सामूहिक प्रतिक्रिया दिएका छन्। विज्ञप्तिमा गठबन्धनका पाँच दलमध्ये राजमोको तर्फबाट भने हस्ताक्षर छैन।
बुधबार बालुवाटारमा बसेको बैठकपछि जारी गरेको धारणामा भनिएको छ, ‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ।’
मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।