• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण राष्ट्रपति कार्यालयले खुलाउनुपर्दैन?

64x64
नेपाल लाइभ बुधबार, असोज ५, २०७९  १२:११
1140x725

काठमाडौं- दोस्रोपटक शीतल निवास पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार राति १२ बजेसम्मको समय थियो। तर, उनले प्रमाणीकरण गरिनन्। 

विधेयकलाई लिएर उनको चित्त दुखेको विषय यसअघि नै सार्वजनिक भइसकेकाले विधेयक प्रमाणीकरण नहुने आशंका पहिल्यैदेखि व्यक्त भइरहेका थिए। सोही अनुसार विधेयक बेवास्तामा पर्यो।

राष्ट्रपतिले गत साउन २९ मा पहिलो पटक नागरिकता विधेयक फिर्ता पठाउँदा राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो। ‘विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‌बाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ', विज्ञप्तिमा भनिएको थियो।

त्यतिबेला विधेयक फिर्ता पठाउँदा राष्ट्रपतिले संसद्लाई पठाएको सुझाव पनि सार्वजनिक भएको थियो। जसमार्फत् राष्ट्रपतिको चासो सार्वजनिक जानकारीमा आएको थियो।

दोस्रोपटक पठाइएको विधेयक प्रमाणीकरण पनि नगर्ने र त्यसबारेमा तत्काल धारणा पनि सार्वजनिक नगर्ने रणनीति राष्ट्रपति कार्यालयले अपनाएको छ। मंगलबारको समयसीमा वरिपरि नै सार्वजनिक हुने अपेक्षा गरिएको राष्ट्रपति कार्यालयको धारणा बुधबार मध्याह्नसम्म पनि सार्वजनिक भएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

'नागरिकको हक-हैसियत'

यसैलाई लक्षित गर्दै तत्कालीन राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सवाल उठाएका छन्। ‘संसद्ले शीतलनिवास पठाएको नागरिकता विधेयक बारे के भयो???’, ट्विटरमा उनले लेखेका छन्, ‘राष्ट्रपतिले आम नेपालीतर्फ फर्केर केही जानकारी दिनुपर्ने, भन्नुपर्ने होइन!? एउटा प्रेस विज्ञप्ति पाउने हक-हैसियत पनि रहेन नागरिकको!???’

संसदले शीतलनिवास पठाएको नागरिकता विधेयक बारे के भयो ???
राष्ट्रपतिले आम नेपाली तर्फ फर्केर केही जानकारी दिनुपर्ने, भन्नुपर्ने होइन !? एउटा प्रेस विज्ञप्ति पाउने हक-हैसियत पनि रहेन नागरिकको !???

— Rajendra Dahal (@RDahal62) September 21, 2022

राष्ट्रपति कार्यालयको धारणाको अपेक्षा यसकारण पनि गरिएको छ कि आधिकारिक धारणाको अभावमा अनेक अड्कलबाजी र आशंका भइरहेका छन्। भ्रम फैलिएका छन्। अर्कोतिर, स्वयं राष्ट्रपति कार्यालयले नै असोज ३ गते विज्ञप्ति जारी गरेर कार्यालयबाट भएका कामहरुका बारेमा विज्ञप्तिमार्फत् जानकारी गराउँदै आएको भन्दै यथार्थ समाचार प्रकाशन र प्रशारण गर्न भनेको थियो।

‘राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत् जानकारी गराउँदै आएको व्यहोरा अवगत नै छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको थियो, ‘यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भइरहेको देखिएको हुँदा आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ।’

तर, आम नागरिकको चासो जोडिएको यो विषयमा राष्ट्रपति कार्यालय मौन छ। यस सन्दर्भमा नेपाल लाइभले राष्ट्रपतिका सूचना र सञ्चार विज्ञ सल्लाहकार टीका ढकालसँग जिज्ञासा राखेको थियो। उनले राष्ट्रपति कार्यालयबाट विधेयकका सन्दर्भमा तत्काल केही प्रतिक्रिया सार्वजनिक नहुने बताए। उनले राष्ट्रपतिले आफ्नो ‘कन्सर्न’ नेपाल सरकारलाई दिइसकेको पनि बताए।

‘राष्ट्रपतिले आफ्नो जानकारी र कन्सर्न नेपाल सरकारलाई दिइसक्नुभएको छ। प्रधानमन्त्रीलाई दिइसक्नुभएको छ। राष्ट्रपतिले भन्नुभएको कुरा सरकारले चाहँदा सार्वजनिक गरिदिनसक्छ। हिजो राति १२ बजे १५ दिन पुग्यो। तर, विधेयकमा हस्ताक्षर भएन। विधेयकको औचित्य सकियो। त्यसको बारेमा छलफल गरेर समय खेर फाल्नु नै बेकार छ। त्यो निष्क्रिय भइसक्यो। मृत विधेयकको बारेमा चर्चा गर्नु नै बेकार भइसक्यो’, उनले भने।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
सम्बन्धित सामग्री
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास... बिहीबार, भदौ १८, २०८३
बाढी आएको एक सातापछि सरकारले कूटनीतिक तथा दाता समुदायलाई ब्रिफिङ गर्दै भोटेकोशी बाढी आएको एक सातापछि सरकारले बिहीबार काठमाडौंस्थित कूटनीतिक तथा दाता समुदायलाई बाढीपछिको पछिल्लो अवस्थाबारे जानकारी गराउने... बिहीबार, भदौ १८, २०८३
विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्