• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक विवाद : सरकारका तीन विकल्प 

अध्यादेश, राजपत्रमा सूचना या मौन बस्ने 
64x64
नेपाल लाइभ बुधबार, असोज ५, २०७९  १२:०२
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक १५ दिनसम्म ‘होल्ड’ गरेर निष्क्रिय पारेपछि कसरी अगाडि बढ्ने भन्ने  विकल्पबारे सत्ता गठवन्धनले छलफल सुरु गरेको छ। 

बालुवाटारमा बिहान भएको छलफलमा राष्ट्रपतिको कदम र आगामी रणनीतिबारे छलफल भइरहेको एक नेताले जनाए। राष्ट्रपतिको सम्भावित कदमबारे मंगलबार मध्यरातसम्म अनौपचारिक रुपमा सत्ता पक्षबीचमा छलफल भएको थियो। 

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको विधेयक आफूले जारी नगर्ने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी थिइन्। राष्ट्रपतिले यो विधेयक जारी गर्न नसकिने भएकाले सरकारले वैकल्पिक उपायको खोजी गर्न सक्ने उनको सुझाव थियो।

राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयकलाई जारी नगरेपछि देखिएको संवैधानिक संकटमा कसरी अघि बढ्ने भन्ने बारेमा  सरकारसँग सीमित विकल्प भएको संवैधानिक कानुनका जानकारहरुको टिप्पणी छ। 

अध्यादेश 
सरकारले विधेयक जारी नभएपछि उक्त ऐनको आवश्यकता भएकाले र अहिले संसद् पनि नभएकाले अध्यादेश ल्याउन सक्ने विकल्प देखिन्छ। अध्यादेश ल्याउँदा राष्ट्रपतिसँग थप टकराव पनि नहुने र त्यसलाई आगामी संसद्ले ब्यापक छलफलसमेत गर्न सक्ने भएकाले यो विकल्प उपयुक्त हुने देखिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा यसबारे सुझाव पनि दिएकी थिइन्। राष्ट्रपतिले १५ दिनसम्म होल्ड गरेपछि नागरिकता विधेयक निष्क्रिय भएकाले अब त्यसमै विवाद गर्नेभन्दा अघि बढ्न उपयुक्त हुने भएकाले सरकारका लागि अध्यादेशको विकल्प राम्रो हुने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकालको सुझाव छ। 

अध्यादेश आगामी संसद्‌मा पनि छलफल हुनसक्ने भएकाले यसले नागरिकताको आवश्यकताको निकास पनि दिने उनको तर्क छ। सरकारले यसको आन्तरिक तयारी पनि गरेको छ। सोमबार बेलुकादेखि नै सरकारले अध्यादेशको तयारी गरेको छ। विकल्पमाथिको छलफलका क्रममा अध्यादेश निर्माण गर्ने र सत्ता गठबन्धनभित्र सहमति भयो भने मन्त्रिपरिषद् बैठक बसेर राष्ट्रपति कार्यालय पठाउने सरकारको तयारी रहेको एक मन्त्रीले बताए।

‘अध्यादेश एउटा विकल्प हो तर यसमा सत्ता गठवन्धनभित्र रहेका सबै दलहरु सहमत हुनुपर्ने छ,’ ती मन्त्रीले भने, ‘यसअघि सर्वोच्च अदालतले अध्यादेशमा रोक लगाउने आदेशसमेत गरेकाले अब ल्याउँदा त्यसलाई पनि ख्याल गर्नुपर्ने छ।’

Ncell 2
Ncell 2

अध्यादेशलाई पनि राष्ट्रपतिले रोकेमा के गर्ने? किनकी विधेयक रोक्ने संविधानमा अधिकार नभए पनि राष्ट्रपतिले रोकेकाले इगोका लागि सरकारले काम गरेको ठहर नहुने गरी विकल्प तयार गर्नुपर्ने र धेरै छलफलपछि मात्र अघि बढ्ने ती मन्त्रीले बताए।

संविधानको धारा ११४ मा ‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ’ भनिएकाले सरकारलाई यो विकल्प सधै खुला रहेको देखिन्छ। नागरिकतासम्बन्धी कानुन अहिले नै दिन आवश्यक भनेर सरकारले संसद्‌बाट कानुन पारित गर्दा जारी नभएकाले अध्यादेश ल्याउनुपर्ने आवश्यकता देखिएको कुरा पुष्टि हुने भएकाले यसमा कुनै समस्या नहुने सरकारको बुझाइ छ। 

विधेयक नै राजपत्रमा प्रकाशित गर्ने 
संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने व्यवस्था छ। धारा ११३ को उपधारा ३ मा राष्ट्रपतिलाई पहिलोपटक विधेयकमा पुनर्विचार गर्न आवश्यक छ भन्ने लागेमा फिर्ता पठाउन सक्ने व्यवस्था गरिएको छ।

सोही धाराको उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेछ भनिएको छ।

यो विधेयक तोकिएको अवधिमा प्रमाणीकरण नभएमा स्वत: निष्क्रिय हुने छ वा काम नलाग्ने हुने कुरा कतै पनि उल्लेख नभएकाले अब सरकारले राजपत्रमा प्रकाशित गर्दै कानुनको रुपमा काम गर्न सक्ने विषयमा पनि सत्ता गठबन्धनभित्र छलफल भएको थियो।

दुवै सदनबाट प्रक्रियासम्वत रुमपा पारित भएको र प्रमाणीकरणका लागि संविधानले तोकेको समय पनि कुरेकाले अब राजपत्रमा प्रकाशित गर्नसक्ने विकल्प सरकारसँग खुला रहेको एक मन्त्रीले बताए। 

‘संसद् र संविधानले भनेको सबै प्रक्रिया पूरा गरेपछि यसले ऐनको रुप ग्रहण गरिसकेको छ। त्यसैले यसलाई राजपत्रमा प्रकाशित गरेर प्रयोगमा ल्याउन सकिन्छ,’ ती मन्त्रीले भने, ‘अब राष्ट्रपतिले असंवैधानिक कदम चाल्दैमा सरकार पनि त्यही रुपमा अघि बढ्ने कि नबढ्ने भन्ने मात्र हो।’ 

सरकार पनि राष्ट्रपतिले झै इगोको रुपमा लिएर शक्ति संर्घषमा जाने हो भने यो एउटा विकल्प भएको ती मन्त्रीले बताए। सामाजिक सञ्जालमा पनि यो विकल्पमाथि कुरा उठिरहेको देखिन्छ।
 
नयाँ संसद् आउँदासम्म मौन बस्ने 
सरकारसँग भएको अर्को विकल्प भनेको नयाँ संसद् आउँदासम्म मौन बस्ने पनि देखिन्छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको कुरा निर्वाचनमा अजेण्डा बनाएर लैजाने अनि त्यहाँबाट मंसिर ४ मा सत्ता गठबन्धनको बहुमत हासिल गर्दै आउने सदनबाट बहुमतले पारित गरेर ऐन बनाउन सक्ने विकल्पका बारेमा पनि हिजैदेखि सत्तारुढ दलभित्र छलफल सुरु भएको छ। 

अबको ३ देखि ४ महिनामा संसद् आउने भएकाले त्यहाँबाट गर्दा वैधानिक हुने र अहिले अध्यादेश वा अरु शक्ति सर्घषमा समय खर्च गर्न नहुने तर्क पनि सत्ता गठबन्धनभित्र उठिरहेको छ। 

सत्ता गठबन्धनभित्र निर्वाचनको तालमेल मिलाउन र निर्वाचनको तयारी गर्न ढिलाइ भइरहेका कारण नागरिकता विधेयकमा अल्झेर द्वन्द्व बढाउनेभन्दा अगाडि बढ्नुपर्ने तर्क सत्ता पनि चलिएको छ।

नयाँ संसद्‌मा बहुमत आउन सके आफू अनुकूलको राष्ट्रपति पनि चयन हुने तथा सहज रुपमा विधेयक जारी हुने र संसद्‌बाट पनि पारित गराउन सकिने भएकाले केही समय मौन बस्ने र राष्ट्रपतिको विरोध गर्दै निर्वाचनको अजेण्डा बनाउन सकिने विषय पनि उठिरहेको छ। 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-५ बाट काँग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले खुला रूपमा सुझाव प्रस्तुत गर्न आग्रह गरेका हुन... शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त... शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्न... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस शनिबार, माघ १७, २०८२
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्