• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक विवाद : सरकारका तीन विकल्प 

अध्यादेश, राजपत्रमा सूचना या मौन बस्ने 
64x64
नेपाल लाइभ बुधबार, असोज ५, २०७९  १२:०२
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक १५ दिनसम्म ‘होल्ड’ गरेर निष्क्रिय पारेपछि कसरी अगाडि बढ्ने भन्ने  विकल्पबारे सत्ता गठवन्धनले छलफल सुरु गरेको छ। 

बालुवाटारमा बिहान भएको छलफलमा राष्ट्रपतिको कदम र आगामी रणनीतिबारे छलफल भइरहेको एक नेताले जनाए। राष्ट्रपतिको सम्भावित कदमबारे मंगलबार मध्यरातसम्म अनौपचारिक रुपमा सत्ता पक्षबीचमा छलफल भएको थियो। 

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको विधेयक आफूले जारी नगर्ने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी थिइन्। राष्ट्रपतिले यो विधेयक जारी गर्न नसकिने भएकाले सरकारले वैकल्पिक उपायको खोजी गर्न सक्ने उनको सुझाव थियो।

राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयकलाई जारी नगरेपछि देखिएको संवैधानिक संकटमा कसरी अघि बढ्ने भन्ने बारेमा  सरकारसँग सीमित विकल्प भएको संवैधानिक कानुनका जानकारहरुको टिप्पणी छ। 

अध्यादेश 
सरकारले विधेयक जारी नभएपछि उक्त ऐनको आवश्यकता भएकाले र अहिले संसद् पनि नभएकाले अध्यादेश ल्याउन सक्ने विकल्प देखिन्छ। अध्यादेश ल्याउँदा राष्ट्रपतिसँग थप टकराव पनि नहुने र त्यसलाई आगामी संसद्ले ब्यापक छलफलसमेत गर्न सक्ने भएकाले यो विकल्प उपयुक्त हुने देखिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा यसबारे सुझाव पनि दिएकी थिइन्। राष्ट्रपतिले १५ दिनसम्म होल्ड गरेपछि नागरिकता विधेयक निष्क्रिय भएकाले अब त्यसमै विवाद गर्नेभन्दा अघि बढ्न उपयुक्त हुने भएकाले सरकारका लागि अध्यादेशको विकल्प राम्रो हुने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकालको सुझाव छ। 

अध्यादेश आगामी संसद्‌मा पनि छलफल हुनसक्ने भएकाले यसले नागरिकताको आवश्यकताको निकास पनि दिने उनको तर्क छ। सरकारले यसको आन्तरिक तयारी पनि गरेको छ। सोमबार बेलुकादेखि नै सरकारले अध्यादेशको तयारी गरेको छ। विकल्पमाथिको छलफलका क्रममा अध्यादेश निर्माण गर्ने र सत्ता गठबन्धनभित्र सहमति भयो भने मन्त्रिपरिषद् बैठक बसेर राष्ट्रपति कार्यालय पठाउने सरकारको तयारी रहेको एक मन्त्रीले बताए।

‘अध्यादेश एउटा विकल्प हो तर यसमा सत्ता गठवन्धनभित्र रहेका सबै दलहरु सहमत हुनुपर्ने छ,’ ती मन्त्रीले भने, ‘यसअघि सर्वोच्च अदालतले अध्यादेशमा रोक लगाउने आदेशसमेत गरेकाले अब ल्याउँदा त्यसलाई पनि ख्याल गर्नुपर्ने छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अध्यादेशलाई पनि राष्ट्रपतिले रोकेमा के गर्ने? किनकी विधेयक रोक्ने संविधानमा अधिकार नभए पनि राष्ट्रपतिले रोकेकाले इगोका लागि सरकारले काम गरेको ठहर नहुने गरी विकल्प तयार गर्नुपर्ने र धेरै छलफलपछि मात्र अघि बढ्ने ती मन्त्रीले बताए।

संविधानको धारा ११४ मा ‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ’ भनिएकाले सरकारलाई यो विकल्प सधै खुला रहेको देखिन्छ। नागरिकतासम्बन्धी कानुन अहिले नै दिन आवश्यक भनेर सरकारले संसद्‌बाट कानुन पारित गर्दा जारी नभएकाले अध्यादेश ल्याउनुपर्ने आवश्यकता देखिएको कुरा पुष्टि हुने भएकाले यसमा कुनै समस्या नहुने सरकारको बुझाइ छ। 

विधेयक नै राजपत्रमा प्रकाशित गर्ने 
संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने व्यवस्था छ। धारा ११३ को उपधारा ३ मा राष्ट्रपतिलाई पहिलोपटक विधेयकमा पुनर्विचार गर्न आवश्यक छ भन्ने लागेमा फिर्ता पठाउन सक्ने व्यवस्था गरिएको छ।

सोही धाराको उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेछ भनिएको छ।

यो विधेयक तोकिएको अवधिमा प्रमाणीकरण नभएमा स्वत: निष्क्रिय हुने छ वा काम नलाग्ने हुने कुरा कतै पनि उल्लेख नभएकाले अब सरकारले राजपत्रमा प्रकाशित गर्दै कानुनको रुपमा काम गर्न सक्ने विषयमा पनि सत्ता गठबन्धनभित्र छलफल भएको थियो।

दुवै सदनबाट प्रक्रियासम्वत रुमपा पारित भएको र प्रमाणीकरणका लागि संविधानले तोकेको समय पनि कुरेकाले अब राजपत्रमा प्रकाशित गर्नसक्ने विकल्प सरकारसँग खुला रहेको एक मन्त्रीले बताए। 

‘संसद् र संविधानले भनेको सबै प्रक्रिया पूरा गरेपछि यसले ऐनको रुप ग्रहण गरिसकेको छ। त्यसैले यसलाई राजपत्रमा प्रकाशित गरेर प्रयोगमा ल्याउन सकिन्छ,’ ती मन्त्रीले भने, ‘अब राष्ट्रपतिले असंवैधानिक कदम चाल्दैमा सरकार पनि त्यही रुपमा अघि बढ्ने कि नबढ्ने भन्ने मात्र हो।’ 

सरकार पनि राष्ट्रपतिले झै इगोको रुपमा लिएर शक्ति संर्घषमा जाने हो भने यो एउटा विकल्प भएको ती मन्त्रीले बताए। सामाजिक सञ्जालमा पनि यो विकल्पमाथि कुरा उठिरहेको देखिन्छ।
 
नयाँ संसद् आउँदासम्म मौन बस्ने 
सरकारसँग भएको अर्को विकल्प भनेको नयाँ संसद् आउँदासम्म मौन बस्ने पनि देखिन्छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको कुरा निर्वाचनमा अजेण्डा बनाएर लैजाने अनि त्यहाँबाट मंसिर ४ मा सत्ता गठबन्धनको बहुमत हासिल गर्दै आउने सदनबाट बहुमतले पारित गरेर ऐन बनाउन सक्ने विकल्पका बारेमा पनि हिजैदेखि सत्तारुढ दलभित्र छलफल सुरु भएको छ। 

अबको ३ देखि ४ महिनामा संसद् आउने भएकाले त्यहाँबाट गर्दा वैधानिक हुने र अहिले अध्यादेश वा अरु शक्ति सर्घषमा समय खर्च गर्न नहुने तर्क पनि सत्ता गठबन्धनभित्र उठिरहेको छ। 

सत्ता गठबन्धनभित्र निर्वाचनको तालमेल मिलाउन र निर्वाचनको तयारी गर्न ढिलाइ भइरहेका कारण नागरिकता विधेयकमा अल्झेर द्वन्द्व बढाउनेभन्दा अगाडि बढ्नुपर्ने तर्क सत्ता पनि चलिएको छ।

नयाँ संसद्‌मा बहुमत आउन सके आफू अनुकूलको राष्ट्रपति पनि चयन हुने तथा सहज रुपमा विधेयक जारी हुने र संसद्‌बाट पनि पारित गराउन सकिने भएकाले केही समय मौन बस्ने र राष्ट्रपतिको विरोध गर्दै निर्वाचनको अजेण्डा बनाउन सकिने विषय पनि उठिरहेको छ। 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
सम्बन्धित सामग्री
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास... बिहीबार, भदौ १८, २०८३
बाढी आएको एक सातापछि सरकारले कूटनीतिक तथा दाता समुदायलाई ब्रिफिङ गर्दै भोटेकोशी बाढी आएको एक सातापछि सरकारले बिहीबार काठमाडौंस्थित कूटनीतिक तथा दाता समुदायलाई बाढीपछिको पछिल्लो अवस्थाबारे जानकारी गराउने... बिहीबार, भदौ १८, २०८३
विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्