काठमाडौं– नागरिकता विद्येयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ।
जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले विरोध प्रर्दशन गर्दै सिरहामा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन्।
उनीहरुले एमालेसँगै काग्रेसलगायतका प्रमुख दलहरु पनि नसच्चिए मधेश प्रदेश प्रवेशमा रोक लगाउने भन्दै नाराबाजी गरेका थिए।
मंगलबार अबेर रातिसम्मको समय सीमामा पनि राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण नगरेपछि तराई मधेशका जिल्लाहरुमा त्यसको विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।