काठमाडौं– दुवै सदनले पारित गरेर पठाएको विधेयक दोस्रो पटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सत्तारुढ गठबन्धनको बैठक बसेको छ। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको कदमबारे छलफल गर्न बसेको बैठक जारी छ।
राष्ट्रपतिले हिजो (मंगलबार) रातिसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका थिए।
पहिलोपटक सन्देशसहित पठाएको विधेयकमा पुनर्विचार नगरी जस्ताको तस्तै पारित गरेपछि सरकारसँग राष्ट्रपति चिढिएको थिइन्।
गठबन्धनको बैठकमा अब के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ। बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन्।
सत्तारुढ दलले संविधानको उल्लंघन भएको भन्दै आलोचना गरिरहेका छन् भने प्रतिपक्षले राष्ट्रपतिले राष्ट्रहितको काम गरेको भन्दै बचाउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।