काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको बताएका छन्।
जनताले नागरिकता नपाउन् भन्ने मनसाय राखेर राष्ट्रपतिले यस्तो कदम चालेको आरोप लगाए। राष्ट्रपतिको कदमपछि प्रतिक्रिया दिँदै यादवले भने, ‘जनताले नागरिकता नपाउन् भन्ने मनसाय राखेर राष्ट्रपतिले कदम चाल्नुभयो।’
यस्तै उनले राष्ट्रपतिको कदमबारे गठबन्धनमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन्। उनले भने, ‘राष्ट्रपतिबाट संविधान उल्लंघन भयो। गठबन्धनमा छलफल गरेर निर्णयमा पुग्छौं।’
केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।