• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक विवाद : विकल्पका लागि अध्यादेश तयार गर्दै सरकार

64x64
नेपाल लाइभ मंगलबार, असोज ४, २०७९  २२:२७
1140x725

काठमाडौं– नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारबीच टकरावको स्थिति उत्पन्न भएको छ। पहिलोपटक सन्देशसहित राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुन: जस्ताको त्यस्तै संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको छ। तर, संविधानअनुसारको अन्तिम (१५औं) दिन पनि कट्दा पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएन। 

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे पछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ। सत्तारुढ गठबन्धनका दलहरुबीच जुटेको सहमतिअनुसार सरकार नागरिकता विधेयकमा भएका व्यवस्थालाई अध्यादेशमार्फत् ल्याउने तयारीमा छ। 

सुरुमा सन्देशसहित विधेयक फिर्ता गर्दा नै ‘राष्ट्रपतिले राजनीति गरेको’ आरोप गठबन्धनका नेताहरुले लगाएका थिए। राष्ट्रपतिको उक्त कदमको प्रत्युत्तरमा गठबन्धनका दलहरुले विधेयकलाई दुवै सदनबाट जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरे। गठबन्धनको सोही निर्णयानुसार विधेयक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो पनि। 

अब राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे अध्यादेश ल्याउने तयारी सरकारको छ। उच्च स्रोतका अनुसार अध्यादेशको मस्यौदा समेत तयार भइसकेको छ। आवश्यक परेको खण्डमा मन्त्रिपरिषद् बैठक बसेर निर्णय हुने स्रोतको दाबी छ।  

विधेयक रोकेपनि अध्यादेश भने राष्ट्रपतिले ‘नैतिकताका आधार’ मा पनि नरोक्ने बुझाइ सत्ता पक्षको छ। किनकि, तत्कालीन प्रधानमन्त्री केपी  शर्मा ओलीले संसद् विघटन गरेर नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपति भण्डारीले केही घण्टा पनि नबित्दै जारी गरेकी थिइन्। 

नागरिकता विधेयक रोकेकी राष्ट्रपतिले सरकारबाट अध्यादेश आएमा भने राजीनामा दिनसक्ने सत्ता पक्षको आकलन छ। राष्ट्रपतिले राजीनामा दिए पनि अर्को विकल्प बाँकी रहेको सरकारका एक मन्त्रीको भनाइ छ। ‘राष्ट्रपतिज्यूले विधेयक प्रमाणीकरण नगरे स्वाभाविक रुपमा अध्यादेश ल्याउने भन्ने कुरा आउँछ,’ ती मन्त्री भन्छन्, ‘अध्यादेश आएमा उहाँ (राष्ट्रपति) ले राजीनामा दिन पनि सक्नुहुन्छ। त्यस्तो अवस्था आए पनि संविधानको व्यवस्थाअनुसार नै विधेयक प्रमाणीकरण गर्ने विकल्प बाँकी रहन्छ।’

राष्ट्रपतिले राजीनामा दिएमा राष्ट्रपति कार्यालय पुगेको अध्यादेशलाई फिर्ता लिएर विधेयक पुन: प्रमाणीकरणका लागि पठाउने सरकारको तयारी छ। सभामुख अग्नि सापकोटाको कार्यकाल अझै बाँकी रहेकाले विधेयक पुन: प्रमाणीकरणका लागि पठाउने र उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानअनुसार नै त्यसको प्रमाणीकरण गर्ने ती मन्त्रीले बताए। 

कानुनविद्‌को तर्क: संविधानको नैतिक बन्धन तोड्ने अधिकार राष्ट्रपतिलाई छैन 
कानुनविद्हरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कुनै अधिकार नभएको दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता एवं सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले विधेयक प्रमाणीकरण नगर्ने अधिकार संविधानले राष्ट्रपतिलाई नदिएको बताए । विधेयक प्रमाणीकरण नगर्ने हो भने भण्डारीले राष्ट्रपतिको जिम्मेवारीमा बस्न नमिल्ने शाक्यको तर्क छ। 

Ncell 2
Ncell 2

राष्ट्रपति कार्यकारी नभइ सरकारको सहयोगी भएकाले सरकारले पठाएका कुरामा विवेक प्रयोग गर्ने स्पेस संविधानले राष्ट्रपतिलाई नदिएको उनले बताए। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि राष्ट्रपतिलाई विधेयक रोक्ने अधिकार संविधानले नदिएको बताए। ‘संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरिसक्नुभएको छ,’ उनले भने, ‘अब संविधानअनुसार प्रमाणीकरण गर्ने हो। नत्र यो विवाद अदालत पुगेर निकास आउने अवस्थामा राम्रो सन्देश जाँदैन र राष्ट्रपतिको साख कायम रहँदैन।’ 

यसअघि रुक्माङ्गगत कटुवालको मुद्दामा तत्कालीन राष्ट्रपति रामबरण यादवको विषयमा सर्वोच्चले धेरै व्याख्या गरेको उनले बताए। राष्ट्रपतिको क्षेत्राधिकार र सीमा त्यो व्याख्याले पनि गरेको भन्दै ज्ञवालीले राष्ट्रपति संविधानको व्यवस्थाभन्दा बाहिर जान नमिल्ने बताए। 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वासमा रहेको औपचारिक टिप्पणी गरे। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा सरकार विश्वस्त रहेको बताए। ‘संविधानत: राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ र गर्नुपर्छ,’ उनले भने, ‘आज अन्तिम दिन हो प्रमाणीकरण हुन्छ भन्ने सरकारलाई विश्वास छ।’ 


 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस
सम्बन्धित सामग्री
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त... शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्न... शनिबार, माघ १७, २०८२
अब कांग्रेसले फोहोरी गठबन्धनको राजनीति गर्दैन: गगन थापा सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको बताए । ‘यो पार्टीमा कुनै गुट पनि छैन अब । यो पार्टीभित्र ह... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस शनिबार, माघ १७, २०८२
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु शनिबार, माघ १७, २०८२
अब कांग्रेसले फोहोरी गठबन्धनको राजनीति गर्दैन: गगन थापा शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्