फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले महामारी नियन्त्रणका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्। मंगलबार नेपाल चिकित्स संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को महामारीको नियन्त्रणमा चिकित्सकको प्रयासले नै सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे।
उनले भने, ‘चिकित्सकहरुले सबैभन्दा बढी महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ। आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरेको छ। हाल कोभिड महामारी पूर्ण रुपमा नियन्त्रण नहुँदै डेंगु रोगबाट पीडित भएका छौं। ’
प्रधानमन्त्री देउवाले विगत केही समययता कोभिड १९ र डेंगु रोगबाट धेरै नेपाली नागरिकहरु पीडित भइ कतिले जीवन गुमाउनु परेको भन्दै दु:ख व्यक्त गरे। एकपछि अर्को महामारीको सामना गर्नुपर्दा समग्र जनजीविका, सामाजिक र आर्थिक रुपमा बढी प्रभावित हुनु परेको देउवाको भनाइ छ।
सरकारले स्वास्थ्य पूर्वाधारको विकास गरिरहेको बताउँदै प्रधानमन्त्री देउवाले हालका महामारीलाई नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।